सामसङको ग्यालेक्सी रिङ एमडब्ल्यूसी–२०२४ मा अनावरण

Technology Khabar १६ फाल्गुन २०८०, बुधबार

काठमाडौं ।

सामसङले मंगलबार ‘एमडब्ल्यूसी–२०२४’ मा स्मार्ट रिङ क्याटेगरी (कोटी) मा आफ्नो पहिलो प्रवेशको रुपमा ‘ग्यालेक्सी रिङ’ अनावरण गरेको छ। एमडब्ल्यूसीमा उपस्थित हुनेहरुले उक्त हेल्थ ट्र्याकरलाई व्यक्तिगत रूपमा हेर्न पाएका छन।

सामसङको ग्यालेक्सी रिङ सिरामिक ब्ल्याक (कालो), प्लेटिनम सिल्भर र गोल्ड गरी तीन आधिकारिक रङ्गहरूमा आउने उल्लेख गरिएको छ।

रिङ (औंठी) मा एक रोचक डिजाइन च्वाइस (विकल्प) फिचर गरिएको उल्लेख छ। मिनिचर कार रिम जस्तै यसको बीचमा साइड (छेउहरू) टेपर (पातलो) होस् भनेर यसमा कन्केभ डिजाइन फिचर गरिएको उल्लेख छ। साथै यो निकै चम्किलो भएको र चमकलाई रङले असर पनि नगर्ने उल्लेख गरिएको छ। यद्यपि यसको चम्किलोपनाले धेरै धब्बाहरू देखिनसक्ने सम्भावना पनि रहेको छ।

सबै डेमो युनिटहरू ग्लास (सीसा) भित्र राखिएको थियो भने सामसङ प्रतिनिधिहरूले यो रिङ अत्यन्त हलुका भएको र सजिलो तरिकाले चौबिसै घण्टा सातै दिन लगाउन सकिनेछ भनेर आश्वासन दिएको छन्।

ग्यालेक्सी रिङ ५ देखि १३ सम्मको यूएस रिङ साइजहरु उपलब्ध हुनेछन् भने रिङको भित्री भागमा रिङको सटीक साइज देख्न सकिने उल्लेख गरिएको छ। साथै ठूला आकारको रिङ (औंठी) हरूमा अन्य रिङ (औंठी) को तुलनामा थोरै ठूला ब्याट्रीहरू रहने उल्लेख भएतापनि सामसङले हाल यस बारे कुनै जानकारी उपलब्ध गराएको छैन्।

सामसङले ग्यालेक्सी रिङ भित्रको स्पेसिफिक सेन्सरहरूको बारेमा खुलासा बताएको छैन् । यद्यपि प्राप्त जानकारी अनुसार यसले एक्सटेन्सिभ स्लीप ट्र्याकिङका साथ हार्टरेट, ब्रिदिङ्ग रेट (सास फेर्ने दर), नाईट मुभमेन्ट र स्लीप एपनियाको प्रारम्भिक लक्षणहरू पत्ता लगाउने क्षमता प्रदान गर्नेछ। ग्यालेक्सी रिङमा कुनै स्क्रिन र बटनहरू नभएको हुनाले तपाईँलाई आफ्नो डाटा हेर्नको लागि कम्प्याटिबल (उपयुक्त) ग्यालेक्सी स्मार्टफोन र सामसङ हेल्थ एप चाहिने उल्लेख गरिएको छ।

सामसङले ग्यालेक्सी रिङलाई ग्यालेक्सी वाच सिरिजको लागि आइडियल कम्प्यानियनको रूपमा विज्ञापन पनि गरिरहेको छ।

यी दुईले थप सटीक नतिजाहरूको लागि हेल्थ (स्वास्थ्य) र एक्टिभिटी (गतिविधि) ट्र्याकिङ डाटा संयोजन गर्नसक्ने छ।

नयाँ ग्यालेक्सी वाचहरु जस्तै ग्यालेक्सी रिङले पनि दैनिक गतिविधि, स्लिप, रेस्टिङ हार्ट रेट, र हार्ट रेट भेराइबिलिटी आधारमा संयोजन गरेर भाइटेलिटी स्कोर (जीवन्तता स्कोर) गणना गर्नेछ। साथै प्रयोगकर्ताहरूले विशेष वेल–बिङ गोल्स (लक्ष्यहरू) सेट गर्न सक्ने र ग्यालेक्सी हेल्थ एपमा उपलब्ध हुने बुस्टर कार्डहरू मार्फत आफ्नो प्रोग्रेस (प्रगति) को फिडब्याक प्राप्त गर्न सक्ने जनाइएको छ।

सामसङले यस ग्यालेक्सी रिङको बारेमा यस वर्षको अन्त्यमा थप विवरणहरू उपलब्ध गराउने बताएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १६ फाल्गुन २०८०, बुधबार

तपाइको प्रतिक्रिया