आगामी बजेटमा सूचना प्रविधिको पूर्वाधार विकास तथा प्रोत्साहनलाई निरन्तरता दिईने

  • Technology Khabar | १४ फाल्गुन २०८०, सोमबार
आगामी बजेटमा सूचना प्रविधिको पूर्वाधार विकास तथा प्रोत्साहनलाई निरन्तरता दिईने

काठमाडौं ।

सरकारले आगामी बजेटमार्फत सूचना प्रविधिको विकास र उपयोगमा जोड दिने भएको छ।

अर्थमन्त्री डा प्रकाशरण महतले प्रचुर संभावना भएको सूचना प्रविधिको पूर्वाधार विकास तथा सहुलियत र प्रोत्साहनलाई निरन्तरता दिने घोषणा गरेका हुन्।

उनले आजको प्रतिनिधि सभामा आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन २०८१ विद्येयकका सिद्धान्त र प्राथमिकताहरु प्रस्तुत गर्दै सूचना प्रविधिको विकासअन्तरगत सफ्टवेयर र सेवा निर्यात तथा रोजगारीको आधारको रुपमा विकास गरिने बताएका हुन्।

“सूचना प्रविधिमार्फत सेवा प्रवाहलाई सरलीकरण गरिने छ। उनले भने, “डिजिटल भुक्तानीलाई प्रवर्धन गर्न सार्वजनिक डिजिटल पूर्वाधारको निर्माण तथा बिस्तार गरिने भएको छ।”

यसका साथै सरकारले इन्नोभेसन र स्टार्टअपमा जोड दिने भएको उनले बताए।

प्रकाशित: १४ फाल्गुन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • १४ फाल्गुन २०८०, सोमबार