सामसङ ग्यालेक्सी रिङ एमडब्ल्यूसी २०२४ मा देखा पर्ने अनुमान

  • Technology Khabar | १४ फाल्गुन २०८०, सोमबार
सामसङ ग्यालेक्सी रिङ एमडब्ल्यूसी २०२४ मा देखा पर्ने अनुमान

काठमाडौं ।

सामसङ ग्यालेक्सी रिङको विषयमा आश्चर्यजनकरुपमा प्रचार गरिरहेको छ।कोरियाली जायन्टले ग्यालेक्सी एस २४, एस २४ प्लस र एस २४ अल्ट्रालाई आधिकारिक रुपमा प्रस्तुत गरेको जनवरी अनप्याक्डका दौरान यो ग्याजेटलाई पनि टिज गरेको थियो। त्यसपछि कम्पनीबाट कुनै थप जानकारी आएको थिएन।

हालको अनुमानअनुसार जुलाई महिनामा हुने ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ घोषणा कार्यक्रममा रिङको रिलीजको सम्भावना रहेको उल्लेख गरिएको छ।

तर जुलाई महिनाको रिलीज अघि नै ग्यालेक्सी रिङ जाँच गर्ने अवसर पाइने सम्भावना रहेको छ। सामसङले आफ्नो एमडब्ल्यूसी २०२४ बुथमा रिङ प्रदर्शन गर्ने अफवाहहरू रहेको उल्लेख छ।

तर ग्यालेक्सी रिङ कथित रूपमा अझै पनि प्रोटोटाइप चरणमा नै रहेको बताईएको छ र यसको मास प्रोडक्सन (ठूलो उत्पादन) अप्रिल र जुन महिनाको बीचमा सुरु हुने अनुमान छ।

रिपोर्टका अनुसार, ग्यालेक्सी रिङ मा ईसीजी समर्थन हुने अनुमान छ भने यसले रक्तचाप नाप्नुका साथै एनएफसी भुक्तानीहरूलाई पनि समर्थन गर्नेछ। साथै यस रिङको आठ फरक आकार हुनेछ। यो रिङ धेरै हलुका हुनेछ र विभिन्न म्याटिरियल (सामग्री) फिनिश पनि फिचर हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १४ फाल्गुन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...