बाइजुका प्रमुख लगानीकर्ताहरू भारतीय एडुटेक फर्मको हकप्रद निस्कासन विरुद्ध नियामक समक्ष

  • Technology Khabar | १२ फाल्गुन २०८०, शनिबार
बाइजुका प्रमुख लगानीकर्ताहरू भारतीय एडुटेक फर्मको हकप्रद निस्कासन विरुद्ध नियामक समक्ष

काठमाडौं ।

बाइजुका प्रमुख लगानीकर्ताहरू प्रोसस, जनरल एट्लान्टिक, सोफिना र पीक एक्सभीले हकप्रद निस्कासनमा एडुटेक कम्पनीको विरुद्ध राष्ट्रिय कम्पनी कानून न्यायाधिकरण (एनसीएलटी) मा पुगेका छन्।

लगानी स्रोतले शुक्रबार यो जानकारी दिएको भारतीय एजेन्सी आईएएनएसले रिपोर्ट गरेको छ।

स्रोतका अनुसार भीसी फर्महरूले “लगानीकर्ताहरूको अधिकार दमन र कम्पनीको कुप्रबन्धन” लाई उद्धृत गरेको छ।

स्रोतका अनुसार चार लगानीकर्ताले न्यायाधिकरणको बेंगलुरु बेन्चमा निवेदन दिएका थिए।

बाइजुका लगानीकर्ता हकप्रद निस्कासनको विरुद्धमा कानुनी रूपमा अगाडि आएको यो पहिलो पटक हो ।

बाइजुले लगानीकर्ताहरूको यो कदममा तुरुन्तै टिप्पणी गरेको छैन्।

एडटेक कम्पनीले यस हप्ताको सुरुमा आफ्नो मूल कम्पनी थिंक एन्ड लर्न प्रालिले हकप्रद निस्कासन गरेको जनाएको थियो। लिमिटेडले ९९ प्रतिशत मूल्याङ्कन छुटमा २०० मिलियन डलर उठाउन पूर्ण सब्सक्राइब अर्थात बिक्री गरेको थियो।

लगानीकर्ता स्रोतका अनुसार हकप्रद बदर घोषणा गरी संस्थापक तथा व्यवस्थापनलाई कम्पनी सञ्चालन गर्न अयोग्य ठहर गर्दै लगानीकर्ताले राहत दिन मागेका छन्।

लगानीकर्ताहरूले कम्पनीको व्यवस्थापनले “लगानी समूहसँग प्रासंगिक वित्तीय जानकारी” साझा नगरेको बताएका छन्।

एडटेक प्रमुखले कम्पनीका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत बिजु रवीन्द्रन र बोर्डका सदस्यहरूले हिजो शुक्रबार सिइओलाई हटाउन विशेष लगानीकर्ताले बोलाएको असाधारण साधारण सभा (इजीएम) मा सहभागी हुन नसक्ने बताएपछि बाइजु र लगानीकर्ताबीचको झगडा चर्किएको हो।

प्रकाशित: १२ फाल्गुन २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...