आइएमई पेको नयाँ सुविधा “स्मार्ट हेल्थ-सुरक्षित भव” नामक डिजिटल बीमा फिचर

Technology Khabar ११ फाल्गुन २०८०, शुक्रबार

काठमाडौं ।

आइएमई पेले आइजीआई प्रुडेन्शियल इन्स्योरेन्ससँगको सहकार्यमा “स्मार्ट हेल्थ-सुरक्षित भव” नामक नया बीमा सुबिधा सार्वजनिक गरेको छ।

आइएमई पे मार्फत प्राप्त गर्न सकिने यो सेवाबाट ग्राहकले व्यक्तिगत दुर्घटना बिमा अन्तर्गत बिमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक वा मृत्युसम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्दछ।

मात्र रु ३ सय ६५ मा प्राप्त गर्न सकिने यो सेवा मार्फत उपचारको क्रममा लाग्ने दुई लाख तीस हजार रुपैयाँ सम्मको बीमा दाबी प्राप्त गर्न सक्नुका साथै बिमित व्यक्तिले आइएमई पे एपमा उपलब्ध अन्य स्वास्थ्य सेवामा पनि विभिन्न छुटहरू प्राप्त गर्न सक्ने बताईएको छ।

यस व्यक्तिगत दुर्घटना बीमाले दुर्घटनाबाट हुने आकस्मिक मृत्यु, स्थायी असक्षमता, कुल आंशिक असक्षमता, नियमित आम्दानीमा हुने हानि, आकस्मिक चिकित्सा खर्च, शोक व्यय तथा अन्त्येष्टि खर्चहरू समेत समेटेको छ।

डिजिटल फाइनान्सियल सर्भिसमार्फत बिमाको दायरालाई थप फराकिलो बनाउन सकिने र यो सेवा उक्त कार्यमा एउटा कोसे ढुंगा साबित हुने विश्वास लिएको आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले बताए।

प्रकाशित: ११ फाल्गुन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया