Technology Khabar १२ फाल्गुन २०८०, शनिबार
काठमाडौं ।
चीनको सांघाईको फुदान विश्वविद्यालयका टोलीले नयाँ प्रकारको ब्याट्री विकास गरेका छन् जुन रिचार्जेबल मात्र नभएर हाल ब्याट्री बजारमा हावी रहेको लिथियम भन्दा धेरै सामान्य धातु–क्याल्सियममा निर्भर रहेको छ।
साथै टेक्नोलोजीले ब्याट्रीहरूलाई सस्तो र वातावरणमैत्री बनाउने प्रतिज्ञा गरेको छ जुन दिगो ऊर्जा समाधानहरूको लागि महत्त्वपूर्ण कदम हुने उल्लेख गरिएको छ।
पृथ्वीको क्रस्टमा प्रचुर मात्रामा रहेको क्याल्सियमले यी ब्याट्रीहरूलाई व्यापक प्रयोगको लागि एक व्यवहार्य विकल्प बनाउनेछ। धेरै जस्तो हाम्रो आधुनिक ग्याजेटहरूलाई शक्ति दिने लिथियम–आयन शेलहरुको विपरीत क्याल्सियममा आधारित ब्याट्रीहरू निकल, कोबाल्ट र म्यांगनीज जस्ता दुर्लभ वा महँगो सामग्रीहरूमा भर नपर्ने उल्लेख गरिएको छ।
साथै क्याल्सियम आधारित ब्याट्रीहरूले यसको सट्टा आफ्नो क्याथोड सामग्रीको लागि कार्बन प्रयोग गर्छन् जसले लागत र वातावरणीय प्रभावलाई ठूलो रूपमा घटाउने दाबी छ।
प्रतिष्ठित जर्नल नेचरमा प्रकाशित, यो अनुसन्धानले रुम टेम्प्रेरेचर (कोठाको तापक्रम) मा क्षमता नगुमाई ७०० चार्ज–डिस्चार्ज साइकल्स सहन सक्ने ब्याट्रीहरू देखाएको उल्लेख गरिएको छ। तिनीहरूको सुरक्षा र स्थिर प्रदर्शनको लागि परिचित रहेको क्याल्सियममा आधारित ब्याट्रीहरूको लागि यो एक सफलता भएको उल्लेख छ।
त्यसैगरी यी विकासहरू महत्त्वपूर्ण समयमा आएको उल्लेख छ। न्यू इनर्जी भेहिकल्स र रिन्यूएबल इनर्जी स्टोरेज सलुसन्समा भएको बूमको कारण लिथियमको माग बढ्दै गएपछि विशेषज्ञहरूले सम्भावित अभावको बारेमा चेतावनी दिइरहेका छन्।
हाई थ्योरिटिकल इनर्जी डेन्सिटी (उच्च सैद्धान्तिक ऊर्जा घनत्व) को साथ नयाँ क्याल्सियममा आधारित ब्याट्रीहरूले एक रोमाञ्चक विकल्प प्रस्तुत गर्दछ। ब्याट्री भित्र सामग्री भण्डारणको आवश्यकतालाई हटाउँदै तिनीहरूले हावाबाट अक्सिजन तान्छन्, जुन तिनीहरूको विकासमा सीमित कारक भएको छ।
फुडान टोलीको सफलता तिनीहरूको नयाँ लिक्विड (तरल) इलेक्ट्रोलाइटको सिर्जनामा निहित छ जसले क्षमता घटाउन सक्ने क्याल्सियम प्रतिक्रियालाई रोकेर ब्याट्रीको इलेक्ट्रोडका लागि कडा आवश्यकताहरू पूरा गर्दछ। साथै यो इलेक्ट्रोलाइटले कोठाको तापक्रममा प्रभावकारी रूपमा आयनहरू मात्र सञ्चालन नगरेर ब्याट्रीको सुरक्षा पनि सुनिश्चित गर्दछ।
यी ब्याट्रीहरूले हालको लिथियम–आयन शेल्सको जीवन अवधिसँग मेल खानेगरी प्रयोगमा आउन अझै बाँकी भएको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १२ फाल्गुन २०८०, शनिबार