Technology Khabar १० फाल्गुन २०८०, बिहीबार
काठमाडौं ।
देशभरिका अदालतमा रहेका ४० लाख मुद्दाका मिसिलमध्ये करिब ५५ हजारको विद्युतीय अभिलेख तयार भएको छ।
प्रधान न्यायाधीरा विश्वम्भरप्रसाद श्रेष्ठले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्नुभएको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिबेदन अनुसार ४० लाख ४२ हजार ३८६ थान मुद्दाका मिसिलमध्ये करिब ५५ हजारको बिद्युतीय प्रति तयार भइसकेको छ।
प्रतिबेदनमा अभिलेख व्यवस्थापनका लागि सबै अदालतमा छुट्टै व्याम्बर आवश्यक भएको निष्कर्ष छ।
बार्षिक प्रतिबेदनमा भनिएको छ, “देशभरका अदालतमा ४० लाख ४२ हजार ३८६ थान मुद्दाका अभिलेख मिसिल छन्। अभिलेख रहेका मिसिलको बैज्ञानिक उइगले व्यवस्थापन गर्न अभिलेख व्यवस्थापनसम्बन्धी नयाँ सफ्टवेयर निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ। हालसम्म सबै अदालतमा गरी करिब ५५ हजार मिसिलको विद्युतीय प्रति तयार भइसकेको छ।”
मिसिलको विद्युतीय अभिलेखसँगै सर्वोच्चले २०६९ यता विभिन्न तहका अदालतबाट भएका फैसलालाई पनि विद्युतीय अभिलेखमा उपलब्ध गराइरहेको छ। फैसला सर्वसाधारणको पनि पहुँचमा छन् । गोरखापत्रबाट
प्रकाशित: १० फाल्गुन २०८०, बिहीबार