कोरियाली टेक कम्पनी सामसङमा पारिश्रमिक वृद्धि गर्ने वार्ता भंग, युनियनले हडताल गर्ने योजना

  • Technology Khabar | ९ फाल्गुन २०८०, बुधबार
कोरियाली टेक कम्पनी सामसङमा पारिश्रमिक वृद्धि गर्ने वार्ता भंग, युनियनले हडताल गर्ने योजना

काठमाडौं ।

दक्षिण कोरियाली टेक जायन्ट सामसङ इलेक्ट्रोनिक्सको व्यवस्थापन र मजदुर युनियनबीच तलब वार्ता असफल भएपछि युनियनले हडताल गर्ने निर्णय गरेको हो।

योनहाप समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै छैटौं चरणको वार्तामा यस वर्षको पारिश्रमिक वृद्धि गर्ने विषयमा सहमति जुटाउन टेक दिग्गजको व्यवस्थापन र नेशनल सामसङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू) असफल भएको रिपोर्ट गरेको छ।

कम्पनीको व्यवस्थापनले २ दशमलव ५ प्रतिशत तलब वृद्धिको प्रस्ताव गरे पनि एनएसईयूले ८ दशमलव १ प्रतिशतको माग गर्दै आएको छ।

एनएसईयूले विवादलाई राष्ट्रिय श्रम सम्बन्ध आयोगमा मध्यस्थताका लागि लैजाने योजना बनाएको बताएको छ।

आयोगमा उजुरी परेपछि १० दिनसम्म मध्यस्थता गर्नेछ।

१० दिनको मध्यस्थतामा पनि दुवै पक्ष सहमतिमा पुग्न असफल भएमा युनियनलाई हडताल सुरु गर्ने कानूनी अधिकार दिइनेछ।

एनएसईयू सामसङ इलेक्ट्रोनिक्समा सबैभन्दा ठूलो एकल श्रमिक संघ हो। यसमा लगभग १७ हजार सदस्यहरू छन्।

सन् १९६९ मा स्थापना भएदेखि हालसम्म सामसङ इलेक्ट्रोनिक्समा कुनै हडताल भएको छैन।

प्रकाशित: ९ फाल्गुन २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार