
काठमाडौं ।
स्मार्टफोन बजारमा फोल्डेबल फोनको भविष्य अझैपनि अन्धकारमा रहेको देखिन्छ। आगामी दिनमा फोल्ड गर्न मिल्ने फोनहरु बजारबाट हराउन सक्ने चर्चा रहेको छ।
भर्खरै, ओप्पो र भिभोको बारेमा यस्तै समाचारहरू आएका छन्।कम्पनीहरूले फोल्डेबल स्मार्टफोन बजारबाट फिर्ता लिने तयारी गरिरहेका छन्। अहिले बजारका पाँच ठूला कम्पनीले फोल्डेबल डिभाइस बनाउन बन्द गर्न लागेको पछिल्लो रिपोर्टले जनाएको छ।
फोल्ड गर्न मिल्ने स्मार्टफोन बजारमा आएको धेरै समय भएको छैन। बजारमा अहिलेसम्म सामसङ, ह्वावे, मोटोरोला, ओप्पो, भिभो, वनप्लस लगायतका ब्राण्डहरुले आफ्ना फोल्डेबल फोन लन्च गरेका छन्।
ओप्पोले २०२१ मा यस बजारमा आफ्नो पहिलो डिभाइस ल्याएको थियो भने भिभोले २०२२ मा यो डिभाइस ल्याएको थियो। वनप्लसले हालै वनप्लस ओपन सुरु गरेको थियो।
तर प्रख्यात चिनियाँ टिपस्टर डिजिटल च्याट स्टेसनले विश्वका ५ ठूला स्मार्टफोन ब्राण्डहरूले फोल्ड गर्न मिल्ने फोन परियोजनाहरू पूर्ण रूपमा बन्द गर्न लागेको खुलासा गरेका छन्।
यद्यपी टिपस्टरले ती कम्पनीहरुको नाम भने खुलाएको छैन। यस्तै, कम्पनीहरुको यस्तो कदमको कारण के हो भन्ने बारेमा पनि जानकारी दिइएको छैन।
हाल सामसङ फोल्डेबल फोनको बजारमा सबैभन्दा बढी शेयर लिएर शीर्ष स्थानमा छ। कम्पनीले आफ्नो जेड सिरिजको फोल्डेबल फोनको अर्को मोडलमा पनि काम गरिरहेको छ। यसले ट्रिपल फोल्डिङ मोडल पनि बनाउने बताइएको छ। ह्वावेले पनि ट्रिपल फोल्डिंग फोनमा काम गरिरहेको जानकारीहरु आएका छन्।
भर्खरै ओप्पो र भिभोको बारेमा रिपोर्ट आएको थियो कि दुबै कम्पनीहरूले अब फोल्डेबल फोनहरू बनाउन बन्द गर्न लागेका छन्। यदि यो भयो भने, वनप्लसले पनि फोल्डेबल लाइनअपमा ब्रेक गर्न सक्छ। तर, ओप्पो र भिभोको यो निर्णयको कारण कम्पनीको घट्दो बजार हिस्सा भएको बताईएको छ।
अर्कोतर्फ, फोल्ड गर्न मिल्ने फोनहरू पनि तुलनात्मक रूपमा कमजोर हुन्छन् र चाँडै क्षति हुने सम्भावना हुन्छ।
यस बारे कम्पनीहरु द्वारा कुनै आधिकारिक अपडेट जारी गरिएको छैन। तर फोल्डेबल स्मार्टफोनको उत्पादन रोक्ने हल्ला बारम्बार सार्वजनिक भइरहेका छन्।
यस बाहेक, एप्पलको फोल्डेबल आईफोन परियोजनाले पनि कमजोर स्क्रिन समस्याहरूको कारण चुनौतीहरूको सामना गरिरहेको रिपोर्टमा उल्लेख छ। फोल्ड गर्न मिल्ने फोनहरूले अनौठो फर्म फ्याक्टरहरू र सम्भावनाहरू प्रदान गर्दा तिनीहरू महँगो हुन्छन् र केहीले एकदम कमजोर हुने तर्क गर्छन्।
प्रकाशित: ७ फाल्गुन २०८०, सोमबार