Technology Khabar ७ फाल्गुन २०८०, सोमबार
काठमाडौं ।
एप्पलले आफ्नो बजेट–फ्रेन्डली आईफोन एसई लाइनलाई सन् २०२५ सम्ममा ओएलईडी डिस्प्लेको साथ अपग्रेड गर्न सक्ने द इलेकले रिपोर्ट गरेको छ।
हालसम्म पनि एलसीडी प्रविधि प्रयोग गरिरहेको एक मात्र आईफोन भनेको एसई मात्र भएकोले यो परिवर्तनले यसलाई एप्पलको अधिक प्रिमियम मोडलहरूको लाइनमा ल्याउनेछ।
ओएलईडी डिस्प्लेले एलसीडीहरूको तुलनामा ब्राइटर कलर (उज्यालो रङहरू), डिपर ब्ल्याक्स र राम्रो समग्र ईमेज क्वालिटी प्रदान गर्दछ। यसका बावजुद, एप्पलको मुख्य ध्यान भने आईफोन एसई ४ को लागत घटाउनमा रहेको देखिन्छ।
नयाँ बजेट आईफोनका लागि सामसङ र बीओई जस्ता दुई प्रमुख डिस्प्ले निर्माताहरू एप्पललाई नयाँ स्क्रिनहरू आपूर्ति गर्न प्रतिस्पर्धा गरिरहेको उल्लेख छ।
ओएलईडी प्यानलहरू उत्पादन गर्नका लागि सामान्यतया बढी खर्च लाग्ने भएतापनि एप्पलले सम्भावित रूपमा आपूर्तिकर्ताहरू बीचको तीव्र प्रतिस्पर्धाको कारण एसईको किफायतपना कायम राख्न सक्ने जनाइएको छ। सामसङले सबैभन्दा कम मूल्य प्रस्ताव गरेको अफवाह रहेको हुनाले सामसङले अर्डरहरुको बहुमत सुरक्षित गर्न सक्ने बताईएको छ।
रिपोर्टकाअनुसार, यदि संख्याहरूको बारेमा कुरा गर्ने हो भने, सामसङ र बीओईले कम लागतको मोडलको लागि ३० अमेरिकी डलर देखि ४० अमेरिकी डलरसम्मको अनुमानहरू उपलब्ध गराएका छन्। जसमा, सामसङले प्रति युनिट ३० अमेरिकी डलरमा सबैभन्दा किफायती मूल्य प्रस्ताव गरेको र बीओईको सीमा ३५ अमेरिकी डलर रहेको छ।
चिनियाँ डिस्प्ले निर्माता ‘टिएनमा’ ले आईफोन एसई ४ कम्पोनेन्टको लागि ४० अमेरिकी डलरको सबैभन्दा महँगो मूल्य प्रस्ताव गरेको छ। एप्पलसँगको सामसङको इतिहास र यसको मूल्य सबैभन्दा कम मानिएकोमा, यसले धेरैजसो अर्डरहरू प्राप्त गर्ने सम्भावना रहेको र त्यसपछि बल्ल बीओई लाइनमा रहनेछ।
ओएलईडी प्यानलहरूको लागि प्रत्येक कम्पनीले अनुमान गरेको मूल्यहरू आईफोन १५ मा प्रयोग गरिएको प्यानलको तुलनामा एक तिहाइ कम भएकाले एप्पललाई प्रत्येक आईफोन एसई ४ को बिक्रीको लागि राम्रो मार्जिन उत्पन्न गर्न पर्याप्त ठाउँ दिनेछ।
एप्पलले अझै सम्म पनि प्रोडक्सन पार्टनर (साझेदार) लाई अन्तिम रूप नदिएको र कथित रूपमा मध्य २० को दायरामा सस्तो मूल्यहरू खोजी गरिरहेको उल्लेख छ।
चर्चाहरुलाई मान्ने हो भने आईफोन एसई ४ को लन्च समय सीमा सन् २०२५ हुने सुझाव दिएको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ७ फाल्गुन २०८०, सोमबार