आईफोन १६ को क्यामरा मोड्युल लीकले नयाँ भर्टिकल अरेन्जमेन्ट हुने पुष्टि

Technology Khabar ७ फाल्गुन २०८०, सोमबार

काठमाडौं ।

आईफोन १६ को पछाडिको क्यामरा अरेन्जमेन्ट रिडिजाइन (पुनः डिजाइन) गरिने भएको छ। जसमा दुई ओटा सेन्सरहरूलाई भर्टिकल (ठाडो) रूपमा स्ट्याक गरिने उल्लेख छ।

अहिलेसम्म यस्तो अरेन्जमेन्टको बारेमा धेरै पटक अफवाह आईसकेको भएपनि नयाँ लीक भएको तस्विरमा कथित रुपमा आईफोन १६ को क्यामरा चेसिस भएको जनाएको छ।

साथै तस्बिरमा अहिलेको आईफोन १५ को जस्तो डायगोनल नभएर दुई ओटा क्यामराहरू भर्टिकल्ली अरेन्ज्ड (ठाडो रूपमा व्यवस्थित) गरिएको डिजाइन देखा परेको छ।

म्याकरुमर्सको रिपोर्टअनुसार यो जानकारी ट्विटर/एक्स लीकस्टर मजिन बु बाट आएको हो। यो वास्तवमा “आई–३४” क्यामरा परियोजनाको लागि मुख्य क्यामरा चेसिस भएको र सेप्टेम्बरमा जारी हुने आधारभूत आईफोन १६ मोडलको प्रयोगको लागि भएको स्रोतहरूले उल्लेख गरेको छन्।

यस्तो भर्टिकल (ठाडो) सेटअपको साथमा एप्पलले आईफोन १६ र आईफोन १६ प्लसमा स्पासियल भिडियो रेकर्डिङ ल्याउन सक्ने जनाइएको छ।

आईफोन १६ ले आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स बाट एक्शन बटन पनि प्राप्त गर्ने अपेक्षा गरिएको छ। साथै यो राइट–साइड (दाहिने छेउ) मा अवस्थित फोर्स–सेन्सर टेक्नोलोजीको साथ थप क्याप्चर बटनको साथ आउने उल्लेख गरिएको छ।

प्रकाशित: ७ फाल्गुन २०८०, सोमबार

तपाइको प्रतिक्रिया