
काठमाडौं ।
बीवाईडीले आफ्नो बहु प्रतिक्षित इलेक्ट्रिक सुपरकार मोडल ‘यांगवाङ यू९’ लाई फेब्रुअरी २५ मा अनावरण गर्ने तयारी गरिरहेको छ। २.० सेकेन्ड भित्र नै शुन्यदेखि १०० किलोमिटर प्रति घन्टाको रफ्तार पकड्नेछ।
बीवाईडीले आफ्नो प्रिमियम इलेक्ट्रिक ब्रान्ड ‘यांगवाङ’ अन्तर्गत हार्ड–कोर एसयूभी यांगवाङ यू८ को सफलतापछि यसको उत्तराधिकारीको रुपमा यांगवाङ यू९ लाई नवीनतम प्रविधिका साथमा ल्याएको उल्लेख गरिएको छ।
गत वर्ष जनवरीमा लन्च गरिएको यू८ ले उल्लेखनिय तवरले ध्यानाकर्षण प्राप्त गर्न सफल भएको र चीनमा प्रभावशाली बिक्री आंकडाहरू देखेको छ। यू९ को साथ, बीवाईडीले उपभोक्ताहरूलाई अत्याधुनिक प्रविधि र एक्जीलेरेटिङ पर्फमेन्सको मिश्रण प्रदान गर्दै विद्युतीय सवारीको बजारमा आफ्नो स्थानलाई अझ बलियो बनाउने लक्ष्य राखेको उल्लेख छ।
यांगवाङ यू९ क्वाड इलेक्ट्रिक मोटर्सद्वारा संचालित
यू९ को टप स्पिड (उच्च गति) ३०० किलोमिटर प्रति घण्टा रहेको र यस्तो इमेन्स पावर (विशाल शक्ति) ले शक्तिशाली उपस्थिति बनाउने उल्लेख छ। साथै यस कार बीवाईडीको ब्लेड ब्याट्रीका साथमा आउने छ भने एलएफपी केमेस्ट्री फिचर गर्दै भरपर्दो र इफिसियन्ट इनर्जी स्टोरेज सुनिश्चित गर्ने बताईएको छ।
नयाँ ई४ प्लेटफर्ममा निर्मित यस यू९ मा अडी ए४ र बीएमडब्ल्यू ५ सिरिज जस्ता प्रसिद्ध लक्जरी गाडीहरूसँग तुलना गर्न मिल्ने आयामसहितको टु–डोर कूप डिजाइन फिचर गरिएको छ। स्पोर्टिङ सिजर डोरहरू र अप्सनल कार्बन फाइबर रियर स्पोइलर्सका साथमा, यू९ ले स्पोर्टी र फ्यिुचरस्टिक एस्थेटिक प्रदान गर्दछ जसले हाई–पर्फमेनस ड्राइभिङको सारलाई समेट्छ।
यांगवाङ यू९ को भित्रको भागमा कार्बन फाइबर एक्सेन्ट र फुल स्वेड कभरिंगले सजिएको स्पेसियस (विशाल) केबिनका साथ एक शानदार र इमर्सिभ ड्राइभिङ अनुभव प्रदान गर्नेछ। ककपिटलाई चालक र यात्रु गरी दुवैको मनोरञ्जनका लागि डुअल स्क्रिनहरू सहित सिमेट्रिकल लेआउटद्वारा क्यारेक्टराइज गरिएको छ। त्यसैगरी, कारमा मल्टि–फङ्गसनल इन्टिग्रेटेड स्पोर्ट सिटहरू रहेको र जसले उत्साहजनक ड्राइभको समयमा अप्टिमल कम्फर्ट र सपोर्ट प्रदान गर्ने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: ५ फाल्गुन २०८०, शनिबार