Technology Khabar ३ फाल्गुन २०८०, बिहीबार
काठमाडौं ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्प्युटिङ चिप्समा नेतृत्व गरिरहेको कम्पनी एनभिडियाले अर्को एउटा नयाँ कोसेढुङ्गा पार गरेको छ। कम्पनीले आफ्नो चौथो त्रैमासिक आम्दानी रिपोर्ट गरेसँगै बजार पूँजीकरणको आधारमा संयुक्त राज्य अमेरिकाको तेस्रो ठूलो कम्पनी बन्न सफल भएको छ। यसको एआई प्रविधिको बढ्दो मागको कारण प्रभावशाली हुने अपेक्षा गरिएको छ।
आफ्नो एआई चिप्सको बलियो मागका कारण एनभिडियाको स्टक मूल्य गत वर्ष २३१ प्रतिशतले गगनचुम्बी तवरले वृद्धि भएको र यसको बजार मूल्य १.८१२ ट्रिलियन अमेरिकी डलरमा पुगेको छ। साथै यसले हाल १.८१४ ट्रिलियन अमेरिकी डलर बजार पूँजीकरण रहेको गुगलको मूल कम्पनी अल्फाबेटलाई पनि उछिनेको छ।
त्यसैगरी आफ्नो प्रभावशाली प्रदर्शनले कम्पनीलाई यस वर्ष एस एण्ड पी ५०० मा शीर्ष प्रदर्शनकर्ताहरूको प्रतिनिधित्व गर्ने “म्याग्निफिसेन्ट सेभेन” स्टकहरू मध्येमा पर्न सफल भको छ। एनभिडियाले टेक उद्योगमा एक प्रमुख खेलाडीको रूपमा आफ्नो स्थानलाई बलियो बनाउँदै रिटेल (खुद्रा) जायन्ट अमेजनलाई पछि पार्दै यो उपलब्धि हासिल गरेको हो।
विश्लेषकहरूले गत वर्षको तुलनामा नाफातर्फ ४०० प्रतिशत वृद्धि हुने अपेक्षासहित, आफ्नो आगामी आय रिपोर्टमा एनभिडियाको उत्कृष्ट प्रदर्शनको भविष्यवाणी गरिरहेका छन्। साथै राजस्वतर्फ पनि ३०० प्रतिशत भन्दा बढिले वृद्धि भएर २०.३७ बिलियन डलरमा पुगेर उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।
हाल, एनभिडियाले उद्योग औसतको तुलनामा हाईयर प्राइस–टु–अनिङ्गस् (उच्च मूल्य–देखि–कमाई अनुपात) मा व्यापार गरिरहेको उल्लेख छ। यद्यपि, कम्पनीले विगत केही दिनमा आफ्नै एआई च्याटबट र नयाँ जीपीयू पनि अनावरण गरेको उल्लेख छ।
अल्फाबेट एक शक्तिशाली प्रतिस्पर्धी रहेको अवस्थामा एआई चिप बजारमा एनभिडियाको प्रभुत्वले यो द्रुत रूपमा विकसित भइरहेको क्षेत्रको सम्भावना देखाएको रिपोर्टले उल्लेख गरेको छ।
प्रकाशित: ३ फाल्गुन २०८०, बिहीबार