इलेक्ट्रिक दुईपाँग्रे ब्राण्ड सुपर शोकोको नयाँ शोरुम गैरीधारामा

  • Technology Khabar | ३ फाल्गुन २०८०, बिहीबार
इलेक्ट्रिक दुईपाँग्रे ब्राण्ड सुपर शोकोको नयाँ शोरुम गैरीधारामा

काठमाडौं ।

सुपर शोको नयाँ शोरुम काठमाडौंको गैरीधारामा सञ्चालनमा आएको छ। सुपर शोको इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आधिकारिक विक्रेता डि लाईफ स्टाइलले बिहीबार गैरीधारामा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो।

मुख्य शोरुम लाजिम्पाटबाट गैरीधारामा सार्ने निर्णय सुपरसोकोको अतुलनीय सेवा र आफ्ना उत्पादनहरूको लागि समर्पित ठाउँ उपलब्ध गराउने प्रतिबद्धताबाट प्रेरित भएको कम्पनीले जनाएको छ।

कम्पनीका सीईओ आभूषण ज्योति कंसाकार, ‘ गैरीधारामा हाम्रो नयाँ शोरुम सञ्चालन गर्न पाउँदा र हाम्रा मूल्यवान ग्राहकहरूलाई असाधारण उत्पादन र सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गर्न पाउँदा हामी हर्षित छौं। यो विस्तारले नेपालमा हाम्रो ब्रान्डको उपस्थितिलाई अझ सुदृढ गर्ने र दिगो र स्मार्ट मोबिलिटी समाधानहरू प्रदान गर्ने हाम्रो योजनालाई जारी राख्ने एउटा रोमाञ्चक अवसरको प्रतिनिधित्व गर्दछ।’

गैरीधारामा शोरुम विस्तारसँग कम्पनीले मुलुकका अन्य क्षेत्रमा शोरुम विस्तार गर्ने बताएको छ।

काठमाडौंका विभिन्न ठाउँसँगै बुटवल, वीरगन्ज, इनरुवा र इटहरीमा सुपर शोकोको शोरुम संचालनमा रहेको छ।

सुरप शोकोले ४ भेरियन्टका इलेक्ट्रिक मोटरसाइकल र तीन मोडलका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ।

प्रकाशित: ३ फाल्गुन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • ३ फाल्गुन २०८०, बिहीबार