Technology Khabar ३ फाल्गुन २०८०, बिहीबार
काठमाडौं ।
दुबईले सन् २०२६ सम्ममा इमिरेट्समा फ्लाइङ ट्याक्सीहरू ल्याउने योजना बनाएको छ। यसका लागि दुबई सरकारले आइतबार जोबी एभिएसन र स्काइपोर्ट इन्फ्रास्ट्रक्चरसँग सम्झौतामा हस्ताक्षर गरेको हो।
इमिरेट्स व्यावसायिक, शहरव्यापी इलेक्ट्रिक एयर ट्याक्सी सेवाका लागि पहिलो विश्वको पहिलो स्थान हुने स्काईपोर्ट्सले भनेको छ।
हरेक वर्ष ट्राफिक बढ्दो क्रममा आकाशको यात्रा एक सहज र लागत प्रभावी तरिका हुनेछ।
दुबई सडक तथा यातायात प्राधिकरणले अमेरिकास्थित जोबी एभिएसनलाई छ वर्षका लागि दुबईमा हवाई ट्याक्सी सञ्चालन गर्ने विशेष अधिकार प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ।
जोबी एभिएसनले आफ्नो सञ्चालनको विकासलाई समर्थन गर्न दुबईमा स्थानीय अपरेटिङ समूह स्थापना गरेको छ र आफ्नो अधिकांश परिचालन टोलीका लािग स्थानीय रूपमा भर्ती गर्ने योजना बनाएको छ।
युके आधारित स्पोर्टस् एयर ट्याक्सीहरुलाई भर्टिपोर्ट्स लन्च र ल्यान्डिङ क्षेत्रमा नेटवर्क डिजाइन, निर्माण र सञ्चालन गर्न विशेष अधिकार दिइएको थियो।
स्काईपोर्ट्सले विस्तृत अध्ययन पूरा भएको र विकासको पहिलो चरणको लागि आर्किटेक्चर डिजाइन सुरु भएको बताएको छ।
कहिलेदेखि आकाशमा ट्याक्सी देखिन्छ?
सन् २०२६ को शुरुवातबाट सञ्चालन सुरु गर्ने सहमति भइसकेको भए पनि जोबी एभिएसनले २०२५ को सुरुवातमा सञ्चालन गर्ने लक्ष्य राखेको छ।
जोबी एभिएसन एस४ साइलेन्ट, ब्याट्री सञ्चालित विमान हो। एक पाइलट र चार याुत्रहरु लिएर उड्न सक्ने विमानाको अधिकतम गति ३२१ किलोमिटर प्रति घण्टा छ।
यो विमान अमेरिकी उड्डयन निरीक्षण निकाय, फेडरल एभिएसन एडमिनिस्ट्रेशनबाट प्रमाणित हुने प्रक्रियामा छ। यसको सुरक्षा स्ट्यान्डर्डलाई विश्वमा सबैभन्दा कडा मानिन्छ।
एफएएले जोबीको प्रोपल्सन प्रमाणीकरण योजना शुक्रबार अनुमोदन गरेको छ। जसको मतलब सबै संरचनात्मक, मेकानिकल र बिजुली प्रणाली प्रमाणीकरण योजनाहरु अब उड्डयन नियामकद्वारा स्वीकार गरिएको छ।
यो एक पटक पारित भए पछि संयुक्त अरब इमिरेट्सबाट रेसिप्रोकल (पारस्परिक) प्रमाणीकरण प्रदान गर्ने अपेक्षा गरिएको छ।
यो कहाँ उड्छ
पहिलो चरणमा, उडानहरू दुबई अन्तर्राष्ट्रिय विमानस्थल, पाम जुमेराह, डाउनटाउन दुबई र दुबई मारिना सहित चार भर्टिपोर्टबाट सञ्चालन हुनेछन्।
दुबई इन्टरनेशनलबाट पाम जुमेराहसम्मको यात्रा कारबाट ४५ मिनेटको तुलनामा १० मिनेट मात्र लाग्ने अपेक्षा गरिएको छ।
सार्वजनिक यातायात एजेन्सीका प्रमुख कार्यकारी अहमद बहरोज्यानले यी साइटहरू तिनीहरूको जनसंख्या घनत्व र पर्यटक आकर्षणका कारण छनौट गरिएको बताए।
यो विमानले अधिकतम १६१ किलोमिटर उडान गर्न सक्ने भएकाले भविष्यमा इन्टरसिटी सञ्चालनको सम्भावना रहेको दनेस्नलन्यूजले उल्लेख गरेको छ।
प्रकाशित: ३ फाल्गुन २०८०, बिहीबार