Technology Khabar २९ माघ २०८०, सोमबार
काठमाडौं ।
स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सी ५१ नेपालमा उपलब्ध भएको छ। रियलमी सी ५१ नेपाली बजारमा ४ जीबी र्याम र १२८ जीबीको स्टोरेज भेरिएन्टमा उपलब्ध भएको हो। आकर्षक ग्लिटरी लुकमा उपलब्ध रियलमी सी ५१ को मूल्य १४ हजार ४९९ रुपैयाँ तोकिएको छ।
५० मेगापिक्सेल अल्ट्रा क्लियर क्यामरा सहितको रियलमी सी ५१ ले ग्राहकहरुलाई फोटोग्राफिको प्रसस्तै डाइमेन्सनहरु एक्स्प्लोर गर्ने अवसर प्रदान गर्छ। यो अत्याधुनिक क्यामेराले कम उज्यालोमा पनि उच्च क्ल्यारिटी डिटेल्ड तस्विर खिच्न सक्छ।
७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनका साथ रियलमी सी ५१ ले सुन्दरतालाई पुनः परिभाषित गर्दै कम्प्याक्ट, लाइट वेट डिभाइसमा अलग स्टाइल प्रदान गर्दछ। ३३ वाट क्विक चार्जको सुविधा भएको रियलमी सी ५१ मा शक्तिशाली ५००० एमएएचको ब्याट्री राखिएको छ जसले गर्दा दिनभरी फोन चलाउँदा पनि समस्या हुँदैन।
रियलमी सी ५१ मा ४ जीबीसम्मको डायनामिक र्यामको साथ सिमलेस मल्टिटास्किङ र एप ह्यान्डलिङ गर्न सहज हुन्छ। १७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले र ठूलो स्क्रिन साइजले ग्राहकहरुलाई उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
अक्टा–कोर चिपसेटले एडभान्स टेक्नोलोजी र इफिसियन्ट प्रोसेसिङ क्षमताहरूको साथमा उत्कृष्ट पर्फमेन्स तथा अनुभव सुनिश्चित गर्दछ।
रियलमीको ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरिएन्ट १३ हजार ४९९ रुपैयाँमा नेपाली बजारमा उपलब्ध छ।
प्रकाशित: २९ माघ २०८०, सोमबार