नेपालको कृषिमा इजरायलको विशेषज्ञता प्रभावकारी हुनसक्छः उद्योगपति चौधरी

  • Technology Khabar | १५ भाद्र २०७१, आईतवार
नेपालको कृषिमा इजरायलको विशेषज्ञता प्रभावकारी हुनसक्छः उद्योगपति चौधरी

काठमाडौं ।

काठमाडौं, १६ भदौ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालको कृषि क्षेत्रमा लगानी गर्न इजरायली लगानीकर्ताहरुलाई आव्हान गरेका छन् । आईतबार चौधरी ग्रुपको अवलोकन भ्रमणमा आएका नेपालका लागि इजरायली राजदूत यारोन मायेरसँंगको अन्तरक्रियामा अध्यक्ष चौधरीले व्यवसायिक कृषिमा पछाडि परेको नेपाललाई व्यवसायिक कृषिमा इजरायलको विशेषज्ञता प्रभावकारी सावित हुने विश्वास ब्यक्त गरे ।

‘नेपालको कृषि क्षेत्रको रुपान्तरणका लागि नेपालको जागरुक जनशक्ति र इजरायलको विशेषज्ञता निकै प्रभावकारी सावित हुनसक्छ’, अध्यक्ष चौधरीले भने, ‘नेपालको कृषी क्षेत्रमा रहेको प्रचुर सम्भावनालाई हामीले सहकार्य गर्न आवश्यक छ ।’

अध्यक्ष चौधरीले आफ्नो ग्रुपले नेपालमा कार्यान्वयनमा ल्याएको सिजी नेपाल सोसल विजनेशको उद्देश्यका बारेमा पनि राजदूत मायेरलाई जानकारी गराएका थिए । नेपालका धेरै युवासँग श्रृजनशिल व्यवसायिक अवधारणा भएपनि पुँंजीको अभावमा उनीहरुले यस्ता अवधारणालाई कार्यान्वयन गर्न पाईरहेका छैनन् भन्दै अध्यक्ष चौधरीले सिजी नेपाल सोसल विजनेश यिनै समस्या समाधानका लागि समर्पित रहेको दाबी गरे ।

भ्रमणका क्रममा राजदूत मायेरले नेपालको कृषिलगायतका क्षेत्रमा लगानी विस्तारका लागि इजरायली लगानीकर्ताहरुलाई प्रोत्साहन गर्ने आश्वासन दिए । चौधरी ग्रुपले नेपालमा  गरिरहेको लगानी विस्तार र रोजगारी सृजनाबाट नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको धारणा पनि उनले ब्यक्त गरे ।

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाणा चौधरीले ग्रुपका गतिविधिका बारेमा जानकारी दिदै सामाजिक उत्तरदायित्वसहित आफ्नो ग्रुपले नेपालमा लगानी विस्तारका विभिन्न योजनाहरु कार्यान्वयन गरिरहेको जानकारी गराएको चौधरी ग्रुपले जनाएको छ ।

प्रकाशित: १५ भाद्र २०७१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei empowers Nepal’s green energy future with launch of FusionSolar9.0 Smart PV Solution

  • Technology Khabar
  • १५ भाद्र २०७१, आईतवार