आईएमईको विदेशमा परिवार भेट योजना

  • Technology Khabar | १५ भाद्र २०७१, आईतवार
आईएमईको विदेशमा परिवार भेट योजना

काठमाडौं ।

काठमाडौं, १५ भदाै । रेमिटान्स सेवा प्रदायक कम्पनी इन्टरनेसनल मनी एक्सप्रेस (आईएमई) ले ‘आईएमई विदेशमा परिवार भेट’ नामक योजनाको घोषणा गरेको छ । भदौ १६ देखि असोज १९ सम्म गर्न लागिएको ‘आईएमई विदेशमा परिवार भेट’ योजनामा नेपालका १०९ आइएमई सेन्टर, ३००० भन्दा बढि रेमिट्यान्स भुक्तानी तथा साझेदार बैंक तथा वित्तिय संस्थाहरुका देशभरी फैलिएर रहेका विभिन्न शाखाबाट विदेशबाट नेपाल आइएमई गर्ने र नेपालमा अन्तराष्ट्रिय तर्फ भुक्तानी पाउने सेवाग्राही सहभागि हुन सक्नेछन् ।

यो योजनामा विदेशबाट आईएमई गर्नेको हकमा दैनिक लक्की ड्र मा विजय हुनेलाई स्मार्टफोन, साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई आइप्याड पुरस्कार स्वरुप प्रदान गरिने कम्पनीले जनाएको छ।

यसकासाथै नेपालमा भुक्तानी लिनेको हकमा दैनिक लक्की ड्र मा विजयी हुनेलाई स्काईब्याग लगेज ब्याग एवं साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई डिजिटल क्यामेरा प्रदान गरिने बताईएको छ । बम्पर लक्की ड्रमा विजयी हुने एक भाग्यशाली विजेताको परिवारका चारजना सदस्यलाई विदेशमा आफन्त भएको देशमा पाँच दिनकोलागि वैदेशिक भ्रमणको अवसर प्रदान गरिने कम्पनीले जनाएको छ ।

लक्की ड्र को नतिजा कम्पनीको आधिकारीक वेभसाइट, सामाजिक सञ्जाल, विभिन्न राष्ट्रिय दैनिक तथा उपलब्ध पत्रिकामार्फत प्रकाशित गरिने प्रमुख–बजार तथा व्यापार प्रवद्धक डेनियल डी. श्रेष्ठले जानकारी दिए ।

प्रकाशित: १५ भाद्र २०७१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei empowers Nepal’s green energy future with launch of FusionSolar9.0 Smart PV Solution

  • Technology Khabar
  • १५ भाद्र २०७१, आईतवार