शाओमी १४ को विश्वव्यापी अनावरण फेब्रुअरी २५ मा हुने

  • Technology Khabar | २५ माघ २०८०, बिहीबार
शाओमी १४ को विश्वव्यापी अनावरण फेब्रुअरी २५ मा हुने

काठमाडौं ।

शाओमीले भर्खरै आफ्नो फ्ल्यागसिप शाओमी १४ सिरिज स्मार्टफोनहरू यस महिनाको अन्त्यमा चीन बाहिर ल्याउने पुष्टि गरेको छ। शाओमी १४ सिरिजको ग्लोबल प्रिमियर फेब्रुअरी २५ (आइतवार) मा बार्सिलोनामा हुनेछ।

टिजरहरूको आधारमा लामो समय प्रतीक्षा गरिएको शाओमी १४ अल्ट्रा पनि बजारमा घोषणा हुने अपेक्षा गरिएको छ।

टिजर अनुसार शाओमीले आफ्नो उच्चस्तरीय शाओमी १४ अल्ट्राको साथमा कम्प्याक्ट शाओमी १४ पनि प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। यद्यपि १४ प्रो चीन बाहिर भने नआउने रिपोर्टहरूले दाबी गरेका छन्।

शाओमीको आधिकारिक वेबसाइटमा ल्यान्डिङ पेजले “नयाँ पुस्ताको लाइका अप्टिक्स, नयाँ उचाइमा पुग्दै” भनेर टिज गरेको र यो शाओमी १४ अल्ट्राको मुख्य क्यामरामा रहेको वाइडर भेरिएबल एपर्चर हुन सक्ने जनाइएको छ।

शाओमी १४ अल्ट्राले शाओमी १३ अल्ट्राको एफ/१.९–एफ/४.० स्टपको तुलनामा फास्टर एफ/१.६–एफ/४.० भेरिएबल एपर्चरले सुसज्जित सोनी एलवाईटी–९०० मुख्य सेन्सरसहितको चार ओटा ५० मेगापिक्सेलको क्यामरा ल्याउने अपेक्षा गरिएको छ।

साथै शाओमी १४ सिरिजलाई शाओमी प्याड ७ एन्ड्रोइड ट्याब्लेटले अनावरणमा साथ दिने अपेक्षा गरिएको छ।

प्रकाशित: २५ माघ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार