
काठमाडौं ।
नेपाल टेलिकमले आफ्नो २० औं वार्षिक उत्सवमा कम्पनीको सेवा प्रयोग गरेर उच्च विल भुक्तानी (धेरै कल गर्ने) सेवाग्राहीलाई सम्मान गरेको छ। नेपाल टेलिकमले २०७९ माघ १ देखि २०८० पुस मसान्तसम्म उच्च विल भुक्तानी गर्ने सेवाग्राहीलाई सम्मान गरेको हो।
नेपाल टेलिकमको सेवा प्रयोग गरेर अधिकतम विल भुक्तानी गर्ने सेवाग्राहीमा पोष्टपेड मोबाइल (संस्थागत) हिम इलेक्ट्रोनिक्स प्रालि गणवहाल, काठमाडौं, पोष्टपेड मोबाइल (व्यक्तिगत) डम्बर कार्की, गौशाला काठमाडौं, प्रिपेड मोबाइल (संस्थागत) अनुष्का ठकुरी वीरगन्ज र प्रिपेड मोबाइल (व्यक्तिगत) कारागार व्यवस्थापन विभाग, जग्गनाथ देवल, काठमाडौं रहेका छन्।
यस्तै आधारभूत टेलिफोन सेवा (संस्थागत) ग्लोबल आईएमई बैंक, काठमाडौं र आधारभूत टेलिफोन सेवा (व्यक्तिगत) सुरेन्द्रबहादुर बस्नेत ललितपुर रहेका छन् । एसआईपी पीबीएक्स तर्फ वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड जावलाखेल रहेको छ।
साथै, लिज लाइन सेवा सरकारी निकाय तर्फ सर्वोच्च अदालत, काठमाडौं र लिज लाइन सेवा निजी तर्फ सानिमा बैंक, काठमाडौं रहेका छन्।
सर्वाधिक विल भुक्तानी गर्नेहरुलाई नेपाल टेलिकमले एक वर्षसम्म मासिक १ हजार ४९९ रुपैयाँ दरको पोष्टपेड रेन्टल मावेश भएको सजिलो अनलिमिटेड प्याक र एक था हस्त निर्मित चित्रकला प्रदान गरेको छ।
प्रकाशित: २२ माघ २०८०, सोमबार