दूरसञ्चार कम्पनीको लाइसेन्स नवीकरण दस्तुर आयको आधारमा लिइनेः दूरसञ्चार प्राधिकरणका कामु अध्यक्ष अधिकारी

  • Technology Khabar | २२ माघ २०८०, सोमबार
दूरसञ्चार कम्पनीको लाइसेन्स नवीकरण दस्तुर आयको आधारमा लिइनेः दूरसञ्चार प्राधिकरणका कामु अध्यक्ष अधिकारी

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारीले दूरसञ्चार कम्पनीको लाइसेन्स नवीकरण दस्तुर आयको आधारमा लिइने बताएका छन्। कामु अध्यक्ष अधिकारीले सोमबार नेपाल टेलिकमको २० औं वार्षिकोत्सव समारोहमा दूरसञ्चार कम्पनीको लाइसेन्स नवीकरण दस्तुर एक मुष्ठ रकमको बदलामा आयको निश्चित प्रतिशत लिइने बताएका हुन्।

‘नवीकरण दस्तुर सम्बन्धमा सेवा प्रदायकहरुको गुनासो छ। र यसैका कारण आधारभूत टेलिफोन सेवा प्रदायकहरु यस क्षेत्रमा रहि रहन कठिन हुने देखिएको छ,’ अधिकारीले भने, ‘प्राधिकरणले अन्तर्राष्ट्रिय प्रचलन समेतलाई ध्यानमा राखेर एक मुष्ठ रकमको बदलामा आयको निश्चित प्रतिशत नवीकरण दस्तुर कायम गर्न उपयुक्त हुने देखेको छ।’

दूरसञ्चार लाइसेन्स नवीकरण दस्तुरको सम्बन्धमा प्राधिकरण बोर्डबाट स्वीकृत गरी दूरसञ्चार ऐन, २०५३ मा संशोधन गर्न नेपाल सरकार समक्ष पेश गरेको उनले जानकारी दिए।

ऐन संशोधनको प्रस्ताव स्वीकृत भएर आएमा दूरसञ्चार क्षेत्रमा रहेको एउटा विषय निराकार हुने उनको विश्वास छ।

हालको व्यवस्था अनुसार दूरसञ्चार लाइसेन्स नवीकरणको दस्तुर २० अर्ब रुपैयाँ रहेको छ।

प्रकाशित: २२ माघ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...