सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

  • Technology Khabar | २२ माघ २०८०, सोमबार
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने ३७ वर्षीय राजकुमार महर्जनलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोका उपनिर्देशक नरेन्द्र चन्दका अनुसार स्थायी घर काठमाडौँ कीर्तिपुर नगरपालिका वडा नं. १० मानाटोल भएका महर्जनले नाबालिकाको नाम र तस्बिर राखी फेक फेसबुक एकाउन्ट बनाइ सामाजिक सञ्जालका साथीहरूलाई अश्लील म्यासेजहरू पठाएर नाबालिकालाई मानसिक, तनाव, दुख हैरानी दिई चरित्र हत्या गरेका थिए।

निजलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा भोटाहिटी चोकबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट सात दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

प्रकाशित: २२ माघ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...