सामसङले आफ्ना सबै स्मार्ट टिभीहरूबाट गुगल असिस्टेन्ट हटाउने

Technology Khabar २२ माघ २०८०, सोमबार

काठमाडौं ।

सामसङको स्मार्ट टिभीहरूमा महत्वपूर्ण परिवर्तन गरिने भएको छ। सन् २०२४ को मार्च १ देखि र त्यो भन्दा पहिले गुगल असिस्टेन्टसहित आएका कुनै पनि सामसङ टिभी मोडेलमा गुगल असिस्टेन्ट उपलब्ध नहुने उल्लेख गरिएको छ।

साथै यो कदमले सामसङको २०२३ टिभी लाइनअपबाट गुगल असिस्टेन्टको क्वाइट एलिमिनेसन (उन्मूलन) लाई पछ्याएको जनाइएको छ। सामसङ सपोर्ट पेजले अब सबै सामसङ स्मार्ट टिभीहरूमा यो सुविधा बन्द भएको पुष्टि गरेको छ।

गुगल एसिस्टेन्ट बन्द गरिएको मोडलहरूमा २०२२ मोडलहरू, २०२१ मोडलहरू, २०२० ८के र ४के क्यूएलईडी टिभीहरू, २०२० क्रिस्टल यूएचडी टिभीहरू र २०२० लाइफस्टाइल टिभीहरू (फ्रेम, सेरिफ, टेरेस र सेरो) समावेश रहेका छन्।

सामसङले सन् २०२० मा आफ्ना टिभीहरूमा गुगल एसिस्टेन्टलाई इन्टिग्रेट (एकीकृत) गर्न थालेको थियो भने चार वर्षको अवधिमा नै यो सुविधा सबै समर्थित मोडलहरूबाट हटाइने भएको छ।

सामसङले “गुगलको नीतिमा भएको परिवर्तन” को कारणले यो सुविधा हटाइएको बताएको छ, यद्यपि विशेष विवरणहरू भने अस्पष्ट रहेका छन्।

“महत्त्वपूर्णः गुगलको नीतिमा भएको परिवर्तनका कारण, गुगल एसिस्टेन्ट सामसङ टिभीहरूमा मार्च १, २०२४ देखि उपलब्ध हुने छैन। सामसङ टिभीहरूमा भ्वाइस असिस्टेन्टहरूका लागि अन्य विकल्पहरू हेर्नुहोस्” सपोर्ट पेज नोटले उल्लेख गरेको छ।

गुगल ले भर्खरै १७ ओटा सुविधाहरू हटाएर असिस्टेन्टमा परिवर्तन गरेको छ भने यस विकासको बारेमा कुनै पनि जानकारी उपलब्ध छैन।

गुगल असिस्टेन्टको प्रस्थानसँगै सामसङ टिभी मालिकहरूले अब सामसङको बिक्सबी र अमेजनको एलेक्सा जस्ता अन्य प्रि–इन्स्टल्ड भ्वाइस असिस्टेन्टहरूमा स्विच गर्नुपर्नेछ।

सामसङ बाहेक हाल एलजी, सोनी, टीसीएल, र हाईसेन्स जस्ता लगभग सबै स्मार्ट टिभी ब्रान्डहरूले आफ्ना टिभीहरूमा गुगल एसिस्टेन्ट सपोर्ट (समर्थन) प्रदान गर्नलाई जारी राख्ने गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २२ माघ २०८०, सोमबार

तपाइको प्रतिक्रिया