२०२४ को पहिलो त्रैमासिकमा एप्पलको राजश्व ११९.६ बिलियन डलर

  • Technology Khabar | २० माघ २०८०, शनिबार
२०२४ को पहिलो त्रैमासिकमा एप्पलको राजश्व ११९.६ बिलियन डलर

काठमाडौं ।

एप्पलले २०२४ को पहिलो त्रैमासिकमा ११९.६ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको छ। २०२३ डिसेम्बर ३० मा सकिएको २०२४ को पहिलो त्रैमासिकमा ३३.९ बिलियन अमेरिकी डलर नाफा कमाएको छ। गत वर्षको तुलनामा एप्किो राजश्व २ प्रतिशत र नाफा १३ प्रतिशतले बढेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

एप्पलको राजश्वमा ठूलो योग्दान आईफोनको रहेको छ। आईफोनले एप्पलको राजश्वमा ६९.७ बिलियन अमेरिकी डलर योगदान गरेको छ। भने, एप्पलको सेवाहरु एप्पल म्यूजिक, टिभीप्लस, आईक्लाउड र एप स्टोरले हालसम्मको उच्च २३.१ बिलियन राजश्व संकलन गरेको छ।

वायरएवल, होम एण्ड एसेसरिजले ११.९ बिलियन, म्याकले ७.८ बिलियन राजश्व संकलन गरेको छ। आईप्याडको राजश्व भने घटेर ७ बिलियन भएको छ। गत वर्ष आईप्याडले ९.४ बिलियन राजश्व संकलन गरेको थियो।

५०.४ बिलियन खुद बिक्री सहित अमेरिकी एप्पलको लागि ठूलो बजार देखिएको छ। यूरोपमा एप्पलले ३०.४ बिलियन र चीनमा २०.८ बिलियन अमेरिकी डलर बराबरको व्यापार गरेको छ। विश्वभर एप्पल डिभाइस प्रयोग गर्नेको संख्या २.२ बिलियन पुगेको छ।

प्रकाशित: २० माघ २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...