ओलाको नयाँ इलेक्ट्रिक स्कुटर एस१एक्स सार्वजनिक

  • Technology Khabar | २० माघ २०८०, शनिबार
ओलाको नयाँ इलेक्ट्रिक स्कुटर एस१एक्स सार्वजनिक

काठमाडौं ।

इलेक्ट्रिक दुई पांग्रे सवारी निर्माता ओला इलेक्ट्रिकले एस१ इलेक्ट्रिकको नयाँ रेञ्ज लन्च गरेको छ। कम्पनीको लाइन अपमा अब कुल ६ अटो इलेक्ट्रिक स्कुटर भएको छ। ईभी निर्माताले एस१एक्स इलेक्ट्रिक स्कुटरलाई नयाँ भेरियन्टको ४ किलोवाट आवरको ब्याट्री प्याकका साथ लन्च गरेको हो।

स्कुटरले फुल चार्जमा १९० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यो ओलाको हालसमको सर्वाधिक महँगो र फिचर लोडेड मोडल एस१ प्रो जस्तै छ। यसको मूल्य १ लाख ९ हजार ९९९ भारु तोकिएको छ। यसको डेलिभरी अफ्रिलदेखि सुरु हुनेछ।

यसका साथैं ओला इलेक्ट्रिकले भारतमा आफ्नो सर्भिस नेटवर्क उत्कृष्ट बनाउनुका साथ साथै आगामी केही महिना भित्रमा आफ्नो ग्राहका लागि एक व्यापक ईभी चार्जिङ नेटवर्क प्रदान गर्ने घोषणा गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

ओला इलेक्ट्रिकका सीईओ तथा संस्थापक भाविश अग्रवालले भने, ‘भारतको सबैभन्दा ठूलो इलेक्ट्रिक दुई पांग्रे निर्माता कम्पनी आफ्नो सर्भिस सेन्टर ५० प्रतिशतसम्म बढाउने छर अर्को त्रैमासिक भित्रमा हाइपरचार्जर नेटवर्क नौ गुणासम्म बढाइने छ।’

हाल भारतमा ओलाको ४०० सर्भिस सेन्टर र करिब एक हजार ईभी चार्जिङ प्वाइन्ट छ। ओला इलेक्ट्रिकले यस वर्षको अप्रिलसम्म भारतमा थप २०० सर्भिस सेन्टर खोल्नेछ।

साथै कम्पनीले आफ्नो ईभी चार्जिङ नेटवर्क ठूलो परिणाममा विस्तार गर्ने घोषणा गरेको छ। कम्पनीले आगामी त्रैमासिकसम्म १० हजार चार्जिङ प्वाइन्ट बनाउने फैसला गरेको छ।

ओला इलेक्ट्रिकले भारतमा ओला हाइपरचार्जर नेटवर्क स्थापित गरेको छ। यो कम्पनीको फास्ट चार्जरको एडभान्स भर्सन हो। यसका साथै ओला इलेक्ट्रिकको पोर्टेबल फास्ट चार्जर पनि पेश गरेको छ।

चार्जिङको सुविधाका लागि यी चार्जर घर वा कार्यालयमा स्थापित गर्न सकिन्छ। यो पोर्टेबल फास्ट चार्जर ३० हजार भारुमा किन्न सकिन्छ। यो चार्जर ओला स्कुटर किन्दा उपलब्ध हुने स्ट्यान्डर्ड चार्जर भन्दा ७० देखि ८० प्रतिशत तीब्र हुनेछ। साथै ओलाले आफ्नो ब्याट्रीमा ८ वर्षको वारेन्टी दिइरहेको छ।

साथै ओलाले यस वारेन्टीलाई ४ हजार ९९९ भारुको सुरुवाती मूल्यमा १ लाख किलोमिटर र १२ हजार ९९९ भारुको सुरुवाती मूल्यमा १ लाख २५ हजार किलोमिटरसम्म बढाउने सुविधा उपलब्ध गराइरहेको छ।

प्रकाशित: २० माघ २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार