दूरसञ्चार क्षेत्रलाई एआई तालिम प्रदान गर्न जीएसएमए र आईबीएमबीच सम्झौता

  • Technology Khabar | १९ माघ २०८०, शुक्रबार
दूरसञ्चार क्षेत्रलाई एआई तालिम प्रदान गर्न जीएसएमए र आईबीएमबीच सम्झौता

काठमाडौं ।

जीएसएमएले दूरसञ्चार क्षेत्रलाई एआई तालिम प्रदान गर्न आईबीएमसँग सम्झौता गरेको छ।

जीएसएमए र आईबीएमले वाट्सन (Watsonx) को प्रयोग गरेर जीएसएमए एडभान्सको एआई तालिम कार्यक्रम र जीएसएमए फाउन्ड्री जेनेरेटिभ एआई योजना सुरु गर्ने घोषणा गरेको छ, जुन आईबीएमको एआई र एआई सहायकहरू सहितको डाटा प्लेटफर्म हो।

टेलिकमका प्रमुखहरूलाई लक्षित गरीएको तालिमले आधारभूत सिद्धान्तहरूदेखि लिएर टेलिकमका लागि विशिष्ट जेन एआई एप्लिकेसनहरू सम्म सबै कुरा समेट्नेछ।

जीएसएमए एडभान्स एआई तालिम २०२४ मा दुबई, लन्डन, मेक्सिको, न्यूयोर्क र सियोलमा रहेको आईबीएम कार्यालयहरूमा हुनेछ र त्यहाँ विभिन्न भाषाहरूमा पनि अनलाइन प्रशिक्षण उपलब्ध हुनेछ।

प्रकाशित: १९ माघ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...