
काठमाडौं ।
चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिकमा सरकारले ८५ ओटा वेबसाइट होस्ट गरेको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)ले सार्वजनिक गरेको विवरण अनुसार दोस्रो त्रैमासिकमा ८५ ओटा वेबसाइट होस्ट गरिएको हो।
हालसम्म केन्द्रले १ हजार ९८७ ओटाभन्दा बढी वेबसाइट होस्ट गरेको छ।
दोस्रो त्रैमासिकमा केन्द्रले सबैभन्दा धेरै संख्यामा इमेल सेवा प्रदान गरेको छ। यस अवधिमा केन्द्रले ५३५ ओटा इमेल सेवा प्रदान गरेको छ।
केन्द्रले दोस्रो त्रैमासिकमा ३५ ओटा डीएनएस रजिस्ट्रेसन गरेको छ। हालसम्म केन्द्रले ३ हजार २२५ ओटा डीएनएस रजिस्ट्रेसन गरेको छ।
दोस्रो त्रैमासिकमा केन्द्रले ६२ ओटा भर्चुअलाइजेसन/क्लाउड सर्भिस उपलब्ध गराएको छ। हालसम्म केन्द्रले १ हजार ९६ भर्चुअलाइजेसन÷क्लाउड सर्भिस उपलब्ध गराएको छ।
प्रकाशित: १९ माघ २०८०, शुक्रबार