Technology Khabar १८ माघ २०८०, बिहीबार
काठमाडौं ।
राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)ले लाइसेन्स नवीकरण र फायरवाल एप्लिकेशन सब्सक्रिप्सनको लागि बोलपत्र आह्वान गरेको छ।
एनआईटीसीले माघ १८ गते सूचना प्रकाशित गर्दै लाइसेन्स नवीकरण र फायरवाल एप्लिकेशनको सब्सक्रिप्सनको लागि बोलपत्र आह्वान गरेको हो।
बोलपत्रमा सबै मुलुकका योग्य बोलपत्रदाता सहभागी हुन सक्नेछन्।
योग्य बोलपत्रदाताले सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट मार्फत फागुन १८ गते दिउँसो १२ बजेसम्म इलेक्ट्रिक बोलपत्र पेस गर्नु पर्नेछन्।
इच्छुक बोलपत्रदाताले ५ हजार रुपैयाँ भुक्तानी गरेर सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटबाट बोलपत्र दस्तावेज डाउनलोड गर्न सक्छन्।
स्मरण रहोस् केहि समयअघि सरकारी निकायका वेबसाइटहरुको लाइसेन्स नवीकरण र फायरवाल नभएको हुँदा ह्याक भएको बताईएको थियो भने कयौं वेबसाइटहरु डाउन भएका थिए।

प्रकाशित: १८ माघ २०८०, बिहीबार