Technology Khabar १७ माघ २०८०, बुधबार
काठमाडौं ।
यातायात व्यवस्था विभागले स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने ठूलो क्षमताको मेसिन (मास प्रिन्टर), पर्सनलाइजेशन मेसिन, लाइसेन्स कार्ड, सिस्टम खरिदका लागि आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र रद्द गरेको छ।
विभागले बुधबार माघ १७ गते सूचना प्रकाशित गर्दै अन्तर्राष्ट्रिय बोलपत्र रद्द भएको जानकारी दिएको हो।
बोलपत्रदाताहरु मार्फत पेश भएको ई–बोलपत्रहरु विभागबाट गठित मूल्यांकन समितिले मूल्यांकन गर्दा कानूनी योग्यता तथा बोलपत्रको पूर्णताको परीक्षणमा असफल भएकाले सार्वजनिक खरिद एने, २०६३ को दफा २६ को उपदफा १ को खण्ड ‘क’ बमोजिम बोलपत्रहरु सारभुतरुपमा प्रभाविग्राही नभएको कारण पेश भएका सम्पूर्ण अन्तर्राष्ट्रिय बोलपत्र विभागको माघ १६ गतेको निर्णयानुसार रद्द गरिएको,’ विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

योसँगै विभागले मास प्रिन्टर, पर्सनलाइजेशन मेसिन, लाइसेन्स कार्ड, सिस्टम खरिदका लागि आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र चौथो पटक रद्द गरेको हो।
विभागले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रमा आवेदन दिनेमा भियतनामको कम्पनी एमके स्मार्ट जोइन्ट स्टक र फ्रान्सको कम्पनी सेल्प रहेका थिए।
प्रकाशित: १७ माघ २०८०, बुधबार