सामसङ ग्यालेक्सी एआई यस वर्ष १० करोड ग्यालेक्सी डिभाइसमा उपलब्ध हुने

  • Technology Khabar | १७ माघ २०८०, बुधबार
सामसङ ग्यालेक्सी एआई यस वर्ष १० करोड ग्यालेक्सी डिभाइसमा उपलब्ध हुने

काठमाडौं ।

गत हप्ता सार्वजनिक भएको सामसङ ग्यालेक्सी एस २४ सिरिज ग्यालेक्सी एआई गुगल क्लाउडद्वारा सञ्चालित कोरियाली ब्रान्डको जेनेरेटिभ एआई सेवाको साथ उपलब्ध छ।

सामसङले ग्यालेक्सी एआई २०२४ को मध्यमा पुरानो मोडलमा उपलब्ध हुने पुष्टि गरिसकेको छ। यस्तोमा सामसङ इलेक्ट्रोनिक्सका एमएक्स बिजनेसका अध्यक्ष तथा प्रमुख टीएम रोहले कम्पनी यस वर्ष विश्वभरका १० करोड ग्यालेक्सी मोबाइल डिभाइसमा ग्यालेक्सी एआई ल्याउन प्रतिबद्ध भएको बताएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

रोहले ईटी टेलिकमलाई ग्यालेक्सी एआईको विकासमा लाग्ने लागतको बाबजुद पनि सन् २०२५ सम्म प्रयोग गर्न निःशुल्क रहने बताए। यद्यपि, ब्रान्डले पछि के हुन्छ भनेर निर्णय गर्न बाँकी छ।

‘हाम्रो विश्लेषण अनुसार, मोबाइल एआईका लागि विभिन्न आवश्यकताहरू छन्। त्यसैले, त्यहाँ उपभोक्ताहरू हुनेछन् जो निः शुल्क एआई क्षमताहरू प्रयोग गरेर सन्तुष्ट हुनेछन्। त्यसपछि त्यहाँ अझ शक्तिशाली एआई क्षमताहरू चाहने ग्राहकहरू पनि हुन सक्छन्, र उनीहरुले भुक्तानी पनि गर्न सक्छन्। त्यसैले, भविष्यको निर्णय गर्दा, हामी यी सबै कारकहरूलाई ध्यानमा राख्नेछौं,’ रोहले भने।

प्रकाशित: १७ माघ २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार