लुम्बिनी प्रदेशले स्थानीय तहहरूमार्फत नवप्रवर्तन साझेदार कार्यक्रम संचालन गर्ने

  • Technology Khabar | १५ माघ २०८०, सोमबार
लुम्बिनी प्रदेशले स्थानीय तहहरूमार्फत नवप्रवर्तन साझेदार कार्यक्रम संचालन गर्ने

काठमाडौं ।

लुम्बिनी प्रदेश सरकारले प्रदेशका चालु आर्थिक वर्षका लागि सबै स्थानीय तहहरूमार्फत नवप्रवर्तन साझेदार कार्यक्रम संचालन गर्ने भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाअनुसार सबै स्थानीय तहहरूले
मुख्यमन्त्री नवप्रवर्तन साझेदार कार्यक्रमको लागि प्रस्तात पेश गर्न सक्नेछन्।

लुम्बिनी प्रदेश सरकारको स्वीकृत कार्यक्रम अन्तर्गत मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका, २०८० को परिच्छेद २ को दफा ७ बमोजिम ३० दिन भित्र सोही निर्देशिकाको अनुसूची- २, २ (क), २(ख), र २ (ग) को ढाँचामा अनुसूची- ३ मा उल्लेखित कागजात साथै राखी मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम लागि प्रस्ताव सहितको प्रमाणित कागजात मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउन भनिएको छ।

यस्तै कार्यालयको आधिकारिक ई मेल : [email protected] मार्फत समेत प्रस्ताव पेश गर्न लुम्बिनी प्रदेशका सबै स्थानीय तहहरूका लागि सूचना आह्वान गरेको छ।

प्रकाशित: १५ माघ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...