
काठमाडौं ।
हिरो मोटोकर्पले भारतीय बजारमा नयाँ अनौठो इलेक्ट्रिक भेहिकल पेस गरेको छ। हिरोको नयाँ ईभीले थ्री ह्वीलर र टू ह्वीलर दुबैको काम गर्छ।
यो यस्तो ईभी हो जुनलाई आवश्यकताको आधारमा तीन पांग्रे वा दुई पांग्रेमा परिवर्तन गर्न सकिन्छ। यस ईभीको भिडियो पनि सार्वजनिक भएको छ। हिरोले यसलाई सर्ज नाम दिइएको छ।
हिरो मोटकर्पको जयपुरमा आयोजित हिरो वर्ल्ड २०२४ मा सर्च एस३२ मल्टीपर्पज थ्री ह्वीलर कन्सेप्ट मोडल पेस गरेको हो। यसले थ्री ह्वीलरका साथ साथै इलेक्ट्रिक स्कुटरको रुपमा पनि काम गर्छ।
यो स्कुटर केही मिनेटमा थ्री ह्वीलरमा जोडिने र अलग पनि गर्न सकिने कम्पनीको दाबी छ। भिडियोमा पनि यसको थ्री ह्वीलरको भित्र टू ह्वीलर रहेको देख्न सकिन्छ।
सुरुवातमा एक थ्री ह्वीलर हुन्छ र जसको फ्रन्ट सिटमा २ जना बस्ने ठाउँ छ। यसबाट एक स्कुटर बाहिर निक्लन सक्छ। त्यस पछि स्कुटरमा परिवर्तन हुन्छ। यसमा दुई जना बसेर यात्रा गर्न सकिन्छ।
भिडियो हेर्दा यो हिरोको एक क्रान्तिकारी आष्किारको रुपमा बुझ्न सकिन्छ। यसका सान्दार प्राविधिक क्षमता प्रयोग गरिएको छ। मल्टीपर्पज सवारीको आवश्यकता पूरा गर्ने दिशामा यसलाई महत्वपूर्ण उपलब्धिको रुपमा हेरिएको छ।
ड्राइभस्पर्काका अनुसार यस ईभी थ्री ह्वीलरबाट टू ह्वीलर बनाउन सिर्फ ३ मिनेटको समय लाग्छ। रिपोर्ट अनुसार कम्पनीले यस सिरिजलाई कम्पनीले ४ भेरियन्टमा पेस गर्न सक्छ। यसमा एस३२ पीभी, ए३२ एलडी, एस३२ एचडी र ए३२ एफबी रहने छ।
कम्पनीले हिरो वर्ल्ड २०२४ मा एस३२ एलडी प्रदर्शन गरेको थियो। रिपोर्टका अनुसार सर्च एस३२ मा थ्री ह्वीलर र टू ह्वीलरका लागि पावरट्रेनको विकल्प दिइएको छ।
ईभी एस३२ थ्री ह्वीलर मोडमा १० किलोवाटको पावर पाउन सकिन्छ। यसमा ११ किलोवाट आवरको ब्याट्री दिइएको छ। यसको अधिकतम गति करिब ४५ किलोमिटर प्रति घण्टा रहेको छ।
यो टू ह्वीलर मोड हुँदा यसमा ३ किलोवाटको पावर पाउन सकिन्छ। यसका लागि ३.५ किलोवाट आवरको ब्याट्री दिइएको छ। यसमा अधिकतम गति करिब ६० किलोमिटर प्रति घण्टा हुनेछ।
प्रकाशित: १४ माघ २०८०, आईतवार