नबिल बैंकका ४ नयाँ शाखा उद्घाटन

  • Technology Khabar | २६ बैशाख २०७५, बुधबार
नबिल बैंकका ४ नयाँ शाखा उद्घाटन

काठमाडौं ।

काठमाडौं । नबिल बैंकले लहान सिराहा, बर्दिबास महोत्तरी, हरिवन सर्लाही तथा टाँडी चितवनमा गरि चार वटा नयाँ शाखाहरुको औपचारिक उद्घाटन गरेको छ । सो शाखा कार्यालयहरुका उद्घाटन बैंक संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालले गरेका थिए ।

सोही समारोहमा बैंकका अध्यक्ष पौड्यालले व्यवसायिक र प्रभावकारी बैंकिङ्ग सुविधाहरु प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ्ग आवश्यकता नविनत्म रुपले परिपुर्ति गर्ने तथा सधैं उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता रहने बताए ।

बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नबिल बैंकले अनवरत रुपमा आफ्ना सेवा तथा सुबिधाहरु समाजका विभिन्न तह र तप्काका बढि भन्दा बढि ग्राहकहरुलाई उपलब्ध गराउने उद्देश्य अनुरुप देशका विभिन्न ठाँउमा आफ्नो शाखा कार्यालयको संजाल बढाउदै लगिरहेको बताए ।

नबिल बैंकले ६२ वटा शाखाहरुको बृहत सञ्जाल, १११ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुमार्फत सेवा दिँदै आएको जनाएको छ ।

प्रकाशित: २६ बैशाख २०७५, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...