तीन महिनामा १ हजार ६२८ जीबीपीएस अन्तर्राष्ट्रिय ब्याण्डविथ आयात, वर्ल्डलिंक एक्लैले ल्यायो ५०० जीबीपीएस

Technology Khabar १२ माघ २०८०, शुक्रबार

काठमाडौं ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ हजार ६२८ जीबीपीएस अन्तर्राष्ट्रिय ब्याण्डविथ इन्टरनेट सेवा प्रदायकले नेपालमा आयात गरेका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८० असोजसम्मको एमआईएस रिपोर्टमा सेवा प्रदायकले साउनदेखि असोजसम्मको अवधिमा १ हजार ६२८ जीबीपीएस अन्तर्राष्ट्रिय ब्याण्डविथ आयात गरेको देखिन्छ।

प्राधिकरणको रिपोट अनुसार नेपालमा ११ ओटा सेवा प्रदायकले अन्तर्राष्ट्रिय ब्याण्डविथ आयात गर्ने गरेको देखिन्छ।

नेपालमा सबैभन्दा ठूलो संख्यामा अन्तर्राष्ट्रिय ब्याण्डविथ वर्ल्डलिंक कम्युनिकेसन प्रालिले आयात गर्ने गरेको छ। वर्ल्डलिंकले तीन महिनाको अवधिमा ५०० जीबीपीएस अन्तर्राष्ट्रिय ब्याण्डविथ आयात गरेको छ।

अन्तर्राष्ट्रिय ब्याण्डविथ आयातको आधारमा सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी दोस्रो स्थानमा छ। नेपाल दूरसञ्चार कम्पनीले २५१ जीबीपीएस अन्तर्राष्ट्रिय ब्याण्डविथ आयात गरेको छ।

२०० जीबीपीएस अन्तर्राष्ट्रिय ब्याण्डविथ आयात गर्दै नेपाल डिजिटल सर्भिस प्रालि तेस्रो स्थानमा रहेको छ।

सुबिसु केबलनेट प्रालिले १८०, डिश मिडिया नेटवर्कले १५०, एनसेलले १४० र भायानेट कम्युनिकेसनले १३० जीबीपीएस अन्तर्राष्ट्रिय ब्याण्डविथ आयात गरेका छन्।

साथै क्लासिक टेकले ६०, कम्युनिकेसन एण्ड कम्युनिकेसन नेपालले ७ र मर्कन्टाइल कम्युनिकेसनले २ जीबीपीएस अन्तर्राष्ट्रिय ब्याण्डविथ आयात गरेको प्राधिकरणको रिपोर्टमा देखिन्छ।

प्रकाशित: १२ माघ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया