चीनको स्मार्टफोन बजारमा एप्पल र अनर शीर्ष स्थानमा

Technology Khabar ११ माघ २०८०, बिहीबार

काठमाडौं ।

एप्पलले विश्वव्यापी स्मार्टफोन ढुवानीमा उत्कृष्ट प्रदर्शन गरेपछि सन् २०२३ को लागि चीनको स्मार्टफोन ढुवानीमा आफ्नो शीर्ष स्थान कायम राखेको छ।

आईडीसीको नयाँ रिपोर्ट अनुसार एप्पल र अनरले २०२३ को अन्तिम त्रैमासिक र वर्ष भरका लागि चीनमा करिब ३५ प्रतिशत बजार हिस्सा सुरक्षित गर्न सफल भएका छन्।

२०२३ को अन्तिम त्रैमासिकमा एप्पलले चिनियाँ बजारको २० प्रतिशत हिस्सा ओगटेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.१ प्रतिशत हो।

अनर १६.८ प्रतिशत बजार हिस्सा सहित दोस्रो स्थानमा छ। अघिल्लो वर्षको तुलनामा अनरको बजार हिस्सा ०.९ प्रतिशतले घटेको छ। १५.७ प्रतिशत बजार हिस्सा सहित भिभो तेस्रो स्थानमा छ। अघिल्लो वर्षको अन्तिम त्रैमासिकको तुलनामा गत वर्षको अन्तिम त्रैमासिकमा भिभोको बजार हिस्सा ८.४ प्रतिशतले घटेको छ।

गत वर्ष चीनमा आफ्नो व्यापार बढाउनेमा ह्वावे मात्र एक कम्पनी देखिएको छ। १३.९ प्रतिशत बजार हिस्सा सहित चौथो स्थानमा रहेको ह्वावेले अघिल्लो वर्षको तुलनामा गत वर्षको अन्तिम त्रैमासिकमा आफ्नो व्यावसाय ३६.२ प्रतिशतले बढाएको छ।

समग्र वर्ष भरका लागि एप्पल १७.३ प्रतिशत र अनर १७.१ प्रतिशत बजार हिस्सा सहित पहिलो र दोस्रो स्थानमा छन्। अघिल्लो वर्षको तुलनामा एप्पलले बजार हिस्सा २.२ प्रतिशत र अनले १०.३ प्रतिशतले गुमाएको छ।

ओप्पो, भिभो र शाओमी क्रमशः १६.७ प्रतिशत, १६.५ प्रतिशत र शाओमी १३.२ प्रतिशत बजार हिस्सा सहित तेस्रोदेखि पाँचौ स्थानमा छन्।

 

प्रकाशित: ११ माघ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया