
काठमाडौं ।
डब्ल्यूडब्ल्यूई रअ प्रो रेस्लिङको चर्चित साप्ताहिक शो अर्को वर्षदेखि नेटफ्लिक्समा मात्र उपलब्ध हुनेछ। यो कार्यक्रम ३१ वर्षदेखि विश्वभरका टिभीमा प्रसारण हुँदै आएको छ।
तर टीकेओका मालिकहरू डब्ल्यूडब्ल्यूई यूएफसीसँग मर्ज हुँदा गठन भएको कम्पनीले रअ अर्को जनवरीदेखि विशेष रुपमा स्ट्रिमिङका लागि उपलब्ध हुने घोषणा गरेका छन्।
अमेरिका बाहिरका दर्शकहरूले पनि सेवामा सबै साप्ताहिक डब्ल्यूडब्ल्यूई शो र लाइभ इभेन्ट हेर्न सक्षम हुनेछन्।
कम्पनीले रेसलमेनिया, समरस्ल्याम र रोयल रम्बल लगायत पे पर भ्यू स्पेशल समावेश हुने बताएको छ।
यो सम्झौताले पहिलो चरणमा संयुक्त राज्य अमेरिका, क्यानडा, बेलायत र ल्याटिन अमेरिकाका फ्यानहरूलाई प्रभाव पार्नेछ, पछि अन्य देशहरूमा विस्तार गरिनेछ।
डब्ल्यूडब्ल्यूई रअ सामान्यतया प्रत्यक्ष प्रसारण गरिन्छ। यो लन्च भएदेखि १ हजार ६०० एपिसोड प्रसारण भइसकेको छ। कुश्ती मन पराउने फ्यानकाबीच रअ लोकप्रिय छ।
प्रत्यक हप्ता अमेरिकामा १७.५ मिलियनले रअ हेर्ने दाबी गरिएको छ। विभिन्न सामाजिक सञ्जालमा रअको १ बिलियन फलोअर्स छन्।
प्रकाशित: ११ माघ २०८०, बिहीबार