Technology Khabar १० माघ २०८०, बुधबार
काठमाडौं ।
सामसङले हालै लन्च गरेको ग्यालेक्सी एस २४ सिरिजले तीन दिनमा २५०,००० भन्दा बढी प्रि–बुकिङका साथ आफ्नो प्रि–अर्डर रेकर्ड तोडेको सामसङ इन्डियाले घोषणा गरेको छ।
गत वर्ष ग्यालेक्सी एस२३ सिरिजले तीन हप्ता भन्दा बढी समय लगाएर आफ्नो पहिलो २५०,००० बुकिङ सुरक्षित गर्दै एस२२ को रेकर्ड तोडेको थियो।
सामसङले सबैभन्दा धेरै अर्डर गरिएको डिभाइसको रेकर्डलाई नतोडे पनि स्मार्ट मनि भने ग्यालेक्सी एस २४ अल्ट्रामा हुने जनाइएको छ।
यस वर्षको प्रि–अर्डर बोनसहरू गत वर्षको जस्तै प्रायः समान रहेका छन्। उही मूल्यमा उच्च स्टोरेज मोडल पाइने भएकाले मानिसहरू अपग्रेडहरूसँग प्रायः खुसी भएका जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १० माघ २०८०, बुधबार