चालु आवको छ महिना ४० लाख ६५ हजार सिमकार्ड आयात

  • Technology Khabar | ८ माघ २०८०, सोमबार
चालु आवको छ महिना ४० लाख ६५ हजार सिमकार्ड आयात

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो छ महिनामा ४० लाख ६५ हजार ४८ यूनिट सिमकार्ड आयात भएको छ। चालु आवको पुस मसान्तसम्म उक्त संख्या बराबरको १७ करोड ४२ लाख ८४ हजार रुपैयाँ सिमकार्ड आयात भएको भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकमा देखिन्छ।

सिमकार्डको आयातबाट सरकारले ४ करोड २३ लाख ५१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

नेपालमा ६ मुलुकबाट सिमकार्ड आउने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

नेपालमा आयात हुने सिमकार्ड मध्ये ९९.४२ प्रतिशत चीनबाट आउने गरेको छ। छ महिनाको अवधिमा चीनबाट १७ करोड ३६ लाख ३९ हजार रुपैयाँ बराबरको ४० लाख १ हजार यूनिट सिमकार्ड आयात भएको छ।

भारतबाट ४७ लाख ७ हजार रुपैयाँ बराबरको ५५ हजार यूनिट सिमकार्ड आयात भएको छ।

बेलायतबाट १ लाख २५ हजार रुपैयाँ बराबरको ९ हजार यूनिट सिमकार्ड आयात भएको छ।

प्रकाशित: ८ माघ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार