आइएमई पे एपमा एक रुपैयाँको खेल, उपहार स्वरुप अल्टिमा लाईफस्टाईलको प्रडक्टहरु

  • Technology Khabar | ७ माघ २०८०, आईतवार
आइएमई पे एपमा एक रुपैयाँको खेल, उपहार स्वरुप अल्टिमा लाईफस्टाईलको प्रडक्टहरु

काठमाडौं ।

नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले माघदेखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक एक रुपैयाँको खेल सार्वजनिक गरेको छ। यस अघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आवद्ध भइ एक रुपैयाँ खेल सुरु गरेको छ साथै खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखेको छ। आइएमई पे एपका प्रयोगकर्ताहरूले एक रुपैयाँमा आफुलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सकिन्छ।

यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट–अल्टिमा बुम १६१ क्यु मा पनि आइएमई पेल मार्फत खरिदमा छुट दिने जानकारी सार्वजनिक गरेको छ साथै प्रयोगकर्ताहरूले दराज एपबाट माघ ४ देखि माघ ८ सम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५ प्रतिशत अतिरिक्त छुट (१५० रुपैयाँसम्म) पनि प्राप्त गर्न सकिन्छ।

प्रकाशित: ७ माघ २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार