नवप्रवर्तन कार्यक्रमका लागि गुल्मीका छ पालिका छनोट

  • Technology Khabar | ६ माघ २०८०, शनिबार
नवप्रवर्तन कार्यक्रमका लागि गुल्मीका छ पालिका छनोट

काठमाडौं ।

नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमअन्तर्गत गुल्मीका छ पालिका छनोट भएका छन्।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुल्मीका धुर्कोट, इस्मा, छत्रकोट, मालिका र चन्द्रकोट गाउँपालिका एवं रेसुङ्गा नगरपालिकालाई नवप्रवर्तन कार्यक्रमका लागि छनोट गरेको हो। उक्त कार्यक्रमअन्तर्गत पालिकाले कृषि, पशुपालन, पर्यटन, उद्योगलगायतका रोजगारी सिर्जनाका क्षेत्रमा काम गर्न सक्नेछन्।

यो कार्यक्रम पालिका र सङ्घीय सरकारको साझेदारीमा सञ्चालन हुनेछ । जसमा गाउँपालिकाका लागि रु ७५ लाख र नगरपालिकाका लागि एक करोड सङ्घीय सरकारले उपलब्ध गराउनेछ।

यसमा गाउँपालिकाले रु १५ लाख थप गरी रु ९० लाख र नगरपालिकाले रु २५ लाख थप गरी रु एक करोड २५ लाखको काम हुने रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिए। कार्यक्रमअन्तर्गत गुल्मीका छसहित देशभरका एक सय चार पालिका छनोट भएका छन्। रासस

प्रकाशित: ६ माघ २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...