च्याटजीपीटीको भविष्यको भर्सनमा भिडियो कार्यक्षमता अधिक सटिक हुने

  • Technology Khabar | २ माघ २०८०, मंगलवार
च्याटजीपीटीको भविष्यको भर्सनमा भिडियो कार्यक्षमता अधिक सटिक हुने

काठमाडौं ।

ओपनएआईको आगामी ठूलो भाषा मोडल जीपीटी–५ उत्कृष्ट क्षमता, सुधारिएको सटिकता र भिडियो सपोर्टका साथ आउने भएको छ।
बिल गेट्सको अनकन्फ्यूस मि पोस्टकार्टमा ओपनएआईका सीईओ साम अल्टम्याटले आगामी मोडल भाषा, इमेज, कोड र भिडियो सपोर्टका साथ मल्टी मोडल हुने बताए।

कुराकानीको क्रममा, उनले अविश्वसनीय प्रतिक्रियाहरू वा मोडलले प्रश्नहरू राम्ररी नबुझेको वरपरका धेरै मुद्दाहरूलाई सम्बोधन गर्ने संकेत पनि गरेको टमगाइडले उल्लेख गरेको छ।

‘स्पीच इन, स्पीच आउट। छविहरू। अन्ततः भिडियो,’ अल्टम्यानले एआई मोडलको भविष्यका भर्सनको बारेमा भने, ‘स्पष्ट रूपमा, मानिसहरू वास्तवमै यो चाहन्छन्। हामीले इमेज र अडियो लन्च गरेका छौं, र हामीले सोचेभन्दा धेरै बलियो प्रतिक्रिया पाएका छौं।’

ओपनएआई गत वर्षदेखि जीपीटी–५ लाई तालिम दिन सुरु गरिरहेको छ। जीपीटी–४ मोडलको तुलनामा जटिल प्रश्न र वस्तविक संसार बुझ्नेमा उल्लेखनीय सुधार गरिने अपेक्षा गरिएको छ।

ओल्टम्यानले बिल गेट्सलाई भने, ‘कम्तीमा पनि अर्को ५ वा १० वर्षको लागि हामी एक ठाडो सुधार कर्भमा हुनेछौं, यो यी मोडलहरूमध्ये सबैभन्दा मूर्खतापूर्ण मोडल हुनेछ।’

प्रकाशित: २ माघ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार