एप्पलको भिजन प्रोको प्रतिद्वन्द्वी माथि साउदी अरबको ५९० मिलियन डलर लगानी

Technology Khabar ३ माघ २०८०, बुधबार

काठमाडौं ।

साउदी अरेबियाको सार्वभौम सम्पत्ति कोष (सोभरेन वेल्थ फण्ड)ले एप्पलको भिजन प्रो गगल्ससँग प्रतिस्पर्धा गर्न भर्चुअल रियालिटी हेडसेटमा आधा बिलियन डलर भन्दा बढी लगानी गरेको छ।

यसको सार्वजनिक लगानी कोषले म्याजिक लीपमा ५९० मिलियन अमेरिकी डलर लगानी गरेको छ। अमेरिकी कम्पनीले वास्तविक संसारमा भर्चुअल इमेज सुपरइम्पोज गर्न डिजाइन गरिएको हेड गियर विकास गरिरहेको छ।

भर्चुअल र अगमेन्टेड रियालिटी ग्याजेटहरू विकास गर्ने दौडमा म्याजिक लीप र फेसबुक-मालिक मेटाको विरुद्धमा रहेको एप्पलले लामो समयको प्रतिक्षा पछि शुक्रबार ३ हजार ४९९ अमेरिकी डलरमा भिजन प्रो हेडसेट लन्च गर्दैछ।

म्याजिक लीपले सन् २०१५ मा अग्मेन्टेड रियालिटी ग्लासको एडभान्स पेयर लन्च गरेको थियो तर व्यावसायिक सफलता भने निक कम प्राप्त गरेको टेलिग्रामले उल्लेख गरेको छ। नाफामा जान नसकेको फ्लोरिडा–आधारित म्याजिक लीपको नयाँ ऋण कोषले लगानी साढे ४ बिलियन अमेरिकी डलरभन्दा बढी पुगेको छ।

म्याजिक लीपको युरोपेली डिभिजनको फाइलिङका अनुसार, नोभेम्बरसम्म, समूहले २०२३ मा “अल्टिमेट पेरेन्ट इन्टरटेकिङ (सार्वजनिक लगानी कोष)लाई नगदको सट्टामा परिवर्तनीय ऋणको थप ५९० मिलियन अमेरिकी डलर जारी गरेको थियो।

साउदी अरेबिया दुई वर्ष अघि म्याजिक लीपको बहुत मालिक बनेको थियो। तत्कालिन समयमा टेक्नोलोजी कम्पनीले थप नगदको लागि लगानीकर्ताहरूतिर फर्कन बाध्य भएको थियो।

२०१० मा उद्यमी रोनी अबोभिट्जद्वारा सुरु गरिएको थियो। म्याजिक लीपले यस अघि गुगल र अमेरिकी टेलिकम कम्पनी एटी एण्ड टी लगायतका लगानीकर्ताहरूबाट रकम जुटाएको थियो।

अबोभिट्जले २०२० मा पद त्याग गरेका थिए। उनको उत्तराधिकारी, पेगी जोनसनलाई अक्टोबरमा पूर्व बेन क्यापिटल कार्यकारी रस रोजेनबर्गले प्रतिस्थापित गरेका थिए।

मूल रूपमा उपभोक्ताहरूमा आफ्नो ३ हजार २९९ अमेरिकी डलरको हेडसेटलाई लक्षित गर्दै म्याजिक लीपले आफ्नो ग्याजेटलाई कर्पोरेट ग्राहकहरूतर्फ केन्द्रित गरेको छ। यसले आफ्नो बौद्धिक सम्पती अन्य प्राविधि कम्पनीलाई लाइसेन्स दिने तर्फ पनि विचार गरिरहेको छ।

प्रकाशित: ३ माघ २०८०, बुधबार

तपाइको प्रतिक्रिया