भीपीएन कम्पनी नर्डभीपीएनले ‘सेली’ नामक आफ्नै ईसिम सेवा ल्याउने

  • Technology Khabar | १ माघ २०८०, सोमबार
भीपीएन कम्पनी नर्डभीपीएनले ‘सेली’ नामक आफ्नै ईसिम सेवा ल्याउने

काठमाडौं ।

भर्चुअल प्राइभेट नेटवर्क कम्पनी नर्डभीपीएनले सेली नामक ईसिम सेवा सुरु गर्न लागेको छ। यसले सबै प्रयोगकर्ताहरूलाई तिनीहरूको आफ्नै क्यारियरको सीमितता बिना डिजिटल ईसिम कार्डहरू उपलब्ध गराउने भएको छ। यद्यपी यसको लागि स्मार्टफोनले भर्चुअल सिम कार्ड सुविधालाई समर्थन गर्नुपर्ने उल्लेख छ।

हाल यो सेवा बिटामा रहेको र प्रयोगकर्ताहरूले अर्ली एक्सेस (प्रारम्भिक पहुँच) को लागि साइन अप गर्न सक्ने जनाइएको छ। साथै यस वर्षको अन्त्यमा एपलाई आधिकारिक रूपमा लन्च गरिने थप उल्लेख गरिएको छ।

नर्ड सेक्योरिटीका प्रोडक्ट स्ट्राटिजी प्रमुख भाइकिन्टास म्याक्निकसका अनुसार, सेली मार्फतआफूलाई सहज नलागेको खण्डमा प्रयोगकर्ताहरूले सार्वजनिक वाईफाई नेटवर्कहरू प्रयोग गर्न नपर्ने आवश्यकताको सुनिश्चित गर्ने जनाइएको छ।

साथै ग्राहकहरूले मोबाइल डाटामा डिल (सम्झौता) प्राप्त गर्नका लागि “सयौं देशहरू र दर्जनौं योजनाहरू” बाट छनोट गर्न सक्षम हुने उल्लेख गरिएको छ।

ईसिम कार्डहरू मुख्यतया यात्रुहरू र दूर्गम क्षेत्रमा काम गर्ने मानिसहरूले रोमिङ शुल्क घटाउनका लागि प्रयोग गर्ने गरेको उल्लेख छ। त्यसैगरी प्रिपेड प्लान सकिएपछि केही व्यक्तिले आफ्नो देशमा सस्तो डाटा प्याकेज खोज्ने गरेको नर्ड सेक्युरिटीले उल्लेख गरेको छ।

नयाँ सेली एपले गुगल प्ले र एप स्टोरमा ५० लाखभन्दा बढी पटक डाउनलोड गरिएको सेवा ‘एयरलो’ सँग प्रतिस्पर्धा गर्नुपर्ने उल्लेख छ। साथै यसले प्रतिस्पर्धी मूल्यहरूमा डाटा प्याकेजहरू सहित विश्वका सबै क्षेत्रहरूबाट भर्चुअल सिम कार्डहरू प्रदान गर्नेछ।

त्यसका साथै नयाँ देशमा विदेशी भाषाको फरक मुद्रामा सिम कार्ड खरिद गर्न नपर्ने सुविधा पनि यसले प्रदान गर्ने छ।

प्रकाशित: १ माघ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार