
काठमाडौं ।
पठाओ नेपालको ‘पठाओ सुपरफेस्ट-२०२३’ सम्पन्न भएको छ। २१ दिनको सुपरफेस्ट अवधिमा करिब साढे २ लाखभन्दा बढी अर्डर डेलिभरी गरिएको पठाओका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए।
सामान्य दिनमा पठाओ हिरोहरूले औसत दैनिक ९०० रुपैयाँ कमाउँदै आएकोमा सुपरफेस्ट अवधिमा दैनिक १ हजार ४ सय रुपैयाँ पुगेको थापाले बताए ।
‘अफर यस्तो बबाल, ब्रह्माण्ड नै लोभिन्छ’ भन्ने नारा सहित पुस ५ देखि सुपरफेस्ट सुरू गरिएको थियो ।
सुपरफेस्टमा सम्राट प्रसाद शाह भाग्यशाली विजेता बनेका छन् ।
सुपरफेस्ट अवधिमा पठाओको सेवा उपभोग गर्नेहरू मध्येबाट लक्की ड्र मार्फत भाग्यशाली बिजेता बनेका शाहलाई बम्पर उपहारमा ५५ इन्चको ४के एमआई स्मार्ट एनड्रोइड टिभी दिइएको थापाले जानकारी दिए ।
पठाओले सुपरफेस्टको नारा बमोजिम केही दिनदेखि एलियन भेषमा पठाओको लोगो अंकित कपडा र झोलासहित काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरूमा केही व्यक्तिहरूलाई उभ्याएको थियो।
एलियनहरू पठाओको सुपरफेस्ट देखेर ब्रह्माण्डबाटै फुड खान आएको थिममा कम्पनीले यस्तो प्रचार गरेको थियो।
सुपरफेस्टमा पठाओ फुडमा मात्र अफरहरू नभएर राइडहरूमा पनि टन्नै रमाइला अफरहरू दिइएको थियो ।
कम्पनीले बाइक तथा कार राइड र पठाओ फुडमा ८० प्रतिशतसम्म छुट दिइएको दिइएको थियो ।
यस फेस्टमा १ प्लेटमा २० वटा मस्मस्, फ्राइज् किन्दा बर्गर फ्री, झोल किन्दा मस्मस् फ्री, एक रुपैयाँमै पिज्जा बर्गर र मस्मस्र बिर्यानी लगायत सोच्नै नसकिने अफरहरू राखिएको थियो ।
थापाका अनुसार, अफरहरू हरेक दिन बिहान ९ बजेदेखि राति ९ बजेसम्म फ्ल्याश सेल्स तथा रेष्टुराँ अर्डरहरूमा ८० प्रतिशतसम्मको छुटजस्ता लोभलाग्दा अफर र पठाओ फुडमा निशुल्क डेलिभरीको सुविधा समेत दिइएको थियो ।
साथै ग्राहकहरूलाई हरेक अर्डरमा स्योरशट प्राइजको स्क्र्याच कार्ड दिइएको थियो ।
कम्पनीका अनुसार, सुपरफेस्टमा वेस्ट पठाओ हिरोहरूले साइकल, मोबाइल फोन, ज्याकेट, इन्स्योरेन्स पोलिसी लगायतका उपहार जितेका छन्।
सुपरफेस्टमा ५० जनाभन्दा बढीले ६ महिनाको इन्टरनेट सब्स्क्रिप्सन, एमआई एयरबड्स, एमआई फोन, डोल्पो ज्याकेट लगायत जितेका छन् । यस्तै १० जना पठाओ हिरोलाई स्मार्ट फोन, ज्याकेट समेत जितेको थापाले जानकारी दिए।
अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसरमा पठाओले ‘पठाओ सुपरफेस्ट -२०२३’ सुपरफेस्ट आयोजना गरेको जनाएको छ।
प्रकाशित: २७ पुष २०८०, शुक्रबार