२०२३ मा विश्वव्यापी इलेक्ट्रिक कारको बिक्री ३१ प्रतिशतले बढ्यो

  • Technology Khabar | २७ पुष २०८०, शुक्रबार
२०२३ मा विश्वव्यापी इलेक्ट्रिक कारको बिक्री ३१ प्रतिशतले बढ्यो

काठमाडौं ।

२०२३ मा विश्वव्यापी फूल इलेक्ट्रिक र प्लग इन हाइब्रिड भेहिकलको बिक्री ३१ प्रतिशतले बढेको छ। मार्केट रिसर्च फर्म रो मोशनका अनुसार २०२२ मा ६० प्रतिशतले बढेकोमा हालको वृद्धि कम हो।

‘वृद्धि दर सुस्त भएको छ। यो बजारमा अपेक्षा गरिए अनुसारको वृद्धि हो,’ रो मोशनका डाटा म्यानेजर चाल्र्स लेस्टरले रोयटर्सलाई भने, ‘प्रत्यय वर्ष दोहोरो वृद्धि हासिल गर्न सकिँदैन।’

रो मोशनले गत वर्ष ईभी बिक्री करिब ३० प्रतिशतको आसापासमा बढ्ने प्रक्षेपण गरेको छ। चालु वर्ष २०२४ मा फर्मले २५ देखि ३० प्रतिशत ईभीको बिक्री बढ्ने अनुमान गरेको छ।

बिक्रीका आधारमा डिसेम्बरमा सबैभन्दा फलदायक देखिएको छ। डिसेम्बरमा मात्र १५ लाख यूनिट ईभी बिक्री भएको रो मोशनले भनेको छ।

२०२३ मा कुल १ करोड ३६ लाख ईभी बिक्री भएको छ। त्यसमा ब्याट्री इलेक्ट्रिक भेहिकल ९५ लाख र प्लग इन हाइब्रिड भेहिकल ४१ लाख यूनिट बिक्री भएको छ।

वर्षौंको तीव्र वृद्धि पछि, केही अटोमेकरहरूले युरोप र अन्य ठाउँमा ईभीको बिक्री सुस्त मागतर्फ जान सक्ने डर व्यक्त गरेका छन्। पछिल्लो समय ईभी किन्न चहानेहरु राम्रो, साना र सस्तो मोडलको प्रतिक्षामा छन्।

अमेरिकाका र क्यानडामा ईभीको बिक्री ५० प्रतिशत, युरोपमा २७ प्रतिशत र चीनमा १५ प्रतिशतले बढेको छ।

जर्मनले ईभीमा सब्सिडी कटौती गरेसँगै २०२४ मा युरोपमा बिक्री हुने ईभी प्रभावित हुन सक्ने लेस्टर बताउँछन्।

रो मोशनका अनुसार युरोपमा बिक्री हुने ईभी मध्ये साना कारको हिस्सा जम्मा ८ प्रतिशत छ। सिट्रोन इ३सी लगायत अन्य कम्पनीहरुको साना ईभी बजारमा उपलब्ध भएसँगै यस्तो अवस्था परिवर्तन हुने रो मोशनको विश्वास छ।

 

प्रकाशित: २७ पुष २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार