सञ्चार सचिवको बिदाइ र स्वागत

  • Technology Khabar | २५ पुष २०८०, बुधबार
सञ्चार सचिवको बिदाइ र स्वागत

काठमाडौं ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सरुवा भएका सचिव कृष्णबहादुर राउतको बिदाइ र सोही मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्न आएका रामकृष्ण सुवेदीको स्वागत गरिएको छ।

मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘विदाइ तथा स्वागत’ कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना, सञ्चार र प्रविधिको विकास तथा त्यसको उपयोगबाट अन्य क्षेत्रको विकासमा सहयोग हुनसक्ने बताउँदै सरकार उक्त क्षेत्रको विकासका निम्ति दृढताका साथ लागिपरेको बताए।

उनले जनतालाई प्रत्यक्ष लाभ हुनेगरी र परिणाम आउने गरी काम गर्न निर्देशन दिए। मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले आफू जुन मन्त्रालयमा भए पनि जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। रासस

प्रकाशित: २५ पुष २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार