
काठमाडौं ।
एलजीले हालै सीईएस २०२४ मा सिग्नेचर ओएलईडी टिभी नामक विश्वको पहिलो वायरलेस, ट्रान्सप्यारेन्ट (पारदर्शी) ओएलडी टिभी सार्वजनिक गरेको छ।
इमेजिङ टेक्नोलोजीहरूको एडभान्समेन्टमा भइरहेको द्रुत गतिको प्रगतिले स्मार्टफोनको विकासलाई पछाडि पार्ने सम्भावना रहेको उल्लेख गरिएको छ। यसअघि शाओमीले एमआई टिभी लक्स ट्रान्सप्यारेन्ट टिभीको साथ यस क्षेत्रमा प्रारम्भिक कदम चालेको थियो भने एलजीले सीईएस २०२४ मा प्रदर्शन गरेको आफ्नो विश्वको पहिलो ट्रान्सप्यारेन्ट (पारदर्शी) ओएलईडी टिभीको साथ यस दौडमा अग्रता लिएको देखिन्छ।
एलजी सिग्नेचर ओएलईडी टिभी यसको वर्ल्ड–फर्स्ट ट्रान्सप्यारेन्ट ओएलडी प्यानलको साथ स्ट्याण्ड आउट भएको र ७७–इन्च स्क्रिनका साथै प्रभावशाली ४के ईमेज क्वालिटी प्रदर्शन गरेको छ। यो मोडलको वायरलेस फङ्गसन र जीरो कनेक्ट बक्सले केबल व्यवस्थापनलाई सहज बनाउने उल्लेख छ। साथै यसमा नयाँ अल्फा ११ एआई प्रोसेसर पनि समावेश गरिएको छ, जसले विशेष रूपमा सुधारिएको ईमेज क्वालिटीको प्रतिज्ञा गरेको कम्पनीको दाबी रहेको छ।
एलजी हाल १२.२ प्रतिशत सेयरको साथ ग्लोबल टिभी बजारमा दोस्रो स्थानमा छ भने सामसङ ३३.३ प्रतिशत शेयरको साथ अग्रस्थानमा छ।
प्रकाशित: २७ पुष २०८०, शुक्रबार