फ्यान्टाले लोगो परिर्वतन गर्यो, युवा केन्द्रित मार्केटिङ प्लान सुरु

Technology Khabar १९ बैशाख २०७५, बुधबार

काठमाडौं ।

काठमाडौं । फ्यान्टा ओरेन्ज र फ्यान्टा लेमोन नयाँ स्वरुपमा नेपाली बजारमा सार्वजनिक गरिएको छ । नयाँ लोगो निकै उज्यालो कलरको साथ हरेक क्षेत्र र भेषभुषाका युवालाई सम्मान गर्ने र सकारात्मक सोचको तरङ्ग प्रबाह गर्ने किसिमले डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ ।

नयाँ लोगो सार्वजनिक गर्दै कोकाकोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले भने, ‘फ्यान्टाले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ, जसले युवाहरुसँग आफुलाई जोडेर ब्राण्ड विकास गर्नमा सहयोग पुर्याउँछ ।’

प्रकाशित: १९ बैशाख २०७५, बुधबार

तपाइको प्रतिक्रिया