क्लिक्सको फिजिकल आईफोन किबोर्ड केसहरू आउँदै

  • Technology Khabar | २२ पुष २०८०, आईतवार
क्लिक्सको फिजिकल आईफोन किबोर्ड केसहरू आउँदै

काठमाडौं ।

क्लिक्स नामक युकेमा आधारित कम्पनीले लस भेगासमा हुने ‘सीईएस २०२४’ मार्फत एउटा नयाँ आईफोन एसेसरीज प्रस्तुत गर्ने तयारी गरेकोछ। ब्ल्याकबेरी फोनहरू मन पराएका प्रयोगकर्ताहरुले यो एसेसरीलाई मन पराउने उल्लेख छ।

क्लिक्सको उक्त आगामी एसेसरी एउटा केसका साथै एक फुल फिजिकल किबोर्ड (पूर्ण भौतिक किबोर्ड) भएको र जसलाई आईफोनमा एट्याच गर्न सकिने छ। साथै यसले ट्याकटायल टाइपिङ एक्सपिरियन्स (अनुभव) प्रदान गर्दै एक दशक अघिको रायन सीक्रेस्टको टाइपो किबोर्डको सम्झनाहरू दिलाउने छ।

कम्पनीको क्रिएटर किबोर्ड केसको फेदमा रहेको र यस केसले फोनको पछाडिको भाग र किनारहरू बाहेक स्क्रिनको वा डिभाइसको अन्य कुनै पनि भाग कभर नगर्ने उल्लेख गरिएको छ। यसले फोनको लम्बाइ विस्तार गर्ने र टाइप गरिरहँदा पनि डिस्प्लेमा भएका सबै कुरा पूर्ण रुपमा देख्न सकिने छ।

यस किबोर्डलाई लाइटनिङ्ग वा यूएसबी–सी पोर्ट मार्फत आईफोनमा जोडेर चलाउन मिल्ने भएएकाले यसमा ब्लुटुथ केनेक्टिभिटी समावेश नगरिएको र ब्याट्रीको पनि आवश्यक नपर्ने उल्लेख गरिएको छ। यसलाई रातमा वा अँध्यारोमा प्रयोग गर्नका लागि यसको ब्याकलाइट स्विच अन गर्न सकिनेछ भने टचस्क्रिन प्रयोग नगरी डिभाइसलाई नेभिगेट गर्नका लागि किबोर्ड सर्टकटहरू प्रयोग गर्न सकिने छ।

कन्टेन्ट क्रियटर्स माईकल फिसर (मिस्टरमोबाइल) र केभिन मिचालुक (क्र्याकबेरी केभिन) मिलेर क्लिक्सको स्थापना गरेका हुन्। साथै “टेक उद्योगका दिग्गजहरूको ड्रिम टोली” ले आईफोन कीबोर्ड डिजाइन गरेको केभिन मिचालुकले बताएका छन्।

कम्पनीको वेबसाइटबाट अहिले नै १३९ अमेरिकी डलरमा क्लिक्स क्रियटर किबोर्ड अर्डर गर्न सकिनेछ भने यसको ढुवानी आगामी फेब्रुअरी १ तारिखदेखि सुरु हुने इनग्याजेटले रिपोर्ट गरेको छ।

प्रकाशित: २२ पुष २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...