
काठमाडौं ।
टेस्लाले २०२३ को चौथो त्रैमासिकमा कीर्तिमानी संख्यामा इलेक्ट्रिक सवारी डेलिभर गरेको छ। यसका बावजुत टेस्लाले शीर्ष ईभी निर्माताको रुपमा आफ्नो स्थान चीनको बीवाईडीसँग गुमाउन पुगेको छ।
टेस्लाले अक्टोबरदेखि डिसेम्बरको अवधिमा ४ लाख ९४ हजार ९८९ यूनिट ईभी डेलिभरी गरेको छ। सोही अवधिमा बीवाईडीले ५ लाख २६ हजार ४०९ यूनिट डेलिभरी गरेको छ। चौथो क्वाटरमा ईभी डेलिभरीको आधारमा टेस्ला बीवाईडी भन्दा ३१ हजार ४२० यूनिटले पछि रहन पुगेको रोयटर्सले उल्लेख गरेको छ।
वर्षको अन्तिम समयमा अमेरिकी अटोमेकरको बिक्री बढेको छ। कम्पनीले २०२३ मा १८ लाख यूनिट इलेक्ट्रिक कार डेलिभर गरेको छ। गत वर्ष टेस्लाका सीईओ इलन मस्कले २० लाख यूनिट ईभी बिक्री गर्ने महत्वकान्क्षा व्यक्त गरेका थिए।
यद्यपि २०२३ को वर्षभरको बिक्रीका आधारमा बीवाईडी भन्दा टेस्ला अघि रहेको छ। बीवाईडीले २०२३ मा ३० लाख २ हजार यूनिट बीईभी बिक्री गरेको छ। जसमा १४ लाख प्लग–इन हाइब्रिड ईभी रहेको छ।
सस्तो मूल्य र अन्तर्राष्ट्रिय बजारमा बढ्दो उपस्थितिले बीवाईडीको बिक्री बढ्दो क्रममा छ।
प्रकाशित: १८ पुष २०८०, बुधबार